Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

अर्घाखाँचीमा रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दाउमा भुसाल

खबरडबली संवाददाता

अर्घाखाँची । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षि नेकपा एमाले का उच्चस्तरका नेता बीच मुख्य प्रतिस्पर्धाहुने देखिएको छ । 

अर्घाखाँचीमा वामलोकतान्त्रि पक्षबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यतथा पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पार्टी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि ११ जना सङ्घमा उम्मेदवार भए पनि मुख्य प्रतिस्प्रर्धा भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका केन्द्रीय सचिव पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीबीच हुने भएको छ । संयोग भन्नुपर्छ दुबै जना उम्मेदवार सन्धिखर्क ९ अर्घाका नै छन। 

विसं २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लगायतका गठबन्धन दलका तर्फबाट निर्वाचित रायमाझी अहिले एमालेको एकल उम्मेदवारको रुपमा उम्मेदवार छन। आर्थिक समृद्धि र मुलुकको विकासका लागि आफ्नो जीत हुने नेता रायमाझीको भनाइ छ । 

विसं २०६४ देखि निरन्तर निर्वाचित भएका रायमाझी २०७४ को वामगठबन्धनमा माओवादीबाट उम्मेदवार बनेर निर्वाचित भएको थिय । तर अहिलेको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतका दलको समर्थनबाट लोकतान्त्रिक वामगठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पुष्पा भुसालको उम्मेदवार बनेको छिन् । 

जिल्लाको विकासका लागि आफ्नो जीत हुने नेता पुष्पा भुसालको भनाइ छ । उनले जिल्लामा विकासको नाममा आएको बजेटको परिक्षण अर्घाखाँचीबासीले गर्नुपर्ने बताउनुभयो । सङ्घीयतापछिको २०७४ को चुनावमा भुषाल समानुपातिक सूचीबाट संसद बनेर उपसभामुख बनेको हो । 

प्रतिनिधिसभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारुलगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा (१) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका सागर केसी, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपाली लगायत सात जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रदेश सभा (२) का लागि नेपाली कांग्रेसबाट पार्टीका पूर्वसभापति कमलप्रसाद भुसाल र एमालेबाट पूर्व प्रदेश सांसद रामजीप्रसाद घिमिरे, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीबी अर्याल लगायत सातजनाले उम्मेदवारी दर्ता गराएको छन् । 

मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनाव लक्षित कार्यक्रमले तीव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ। लगातार तिन पटक निर्वाचन आफ्नो पक्षमा पारिसकेका रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा छन। भुसाललाई भने गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दवाव छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन करिब पाँच हजार पाँच सय मतले अगाडि देखिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...

गगन थापालाई ७१ प्रतिशत मतले सभापति बनाउँछौं: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...

मुख्यमन्त्री बनेपछि खगराज भट्टले भने– ‘खुसीभन्दा बढी जिम्मेवारी र चुनौतीको भारी महसुस भएको छ’

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...

स्याङ्जामा बाढीले दुई जनालाई बगायो, एक बेपत्ता

स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...

जाजरकोटमा बाढीको वितण्डा: पाँच परिवार प्रभावित, भेरी करिडोर अवरुद्ध

जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे ।  सामाजिक सञ्जा...

बजारमा ग्यास अभाव भैरहँदा 'होटल रेडिसन'मा भेटियो १८४ वटा सिलिन्डर मौज्दात

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...

रोल्पामा पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको पहिचान खुल्यो (अपडेट)

रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending