बेदकोट । प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् । “नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन”, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भन्नुभयो, “अघिल्ला चुनावमा गरेका वाचाहरुलाई पनि यस पटक पनि दोहो¥याइरहेका छन् ।”
तत्कालीन शुक्लफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्थापितको पुनःस्थापना, लालपुर्जा वितरण, नदी कटान तथा डुबानको समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य सेवा विस्तारलगायत मुद्दा हरेक निर्वाचनमा सबै दलका उम्मेदवारहरूको एजेन्डा बन्ने गर्छ । तर अहिलेसम्म उक्त समस्या हल नहुँदा मतदातामा निराशा छ । “चुनावको बेला नेताहरूले सबै समस्या समाधान गरिदिन्छौँ भन्ने आश्वासन दिन्छन्, चुनाव जितेर गएपछि फर्केर हेर्दैनन्”, कृष्णपुर नगरपालिका–१ का हरिभान भट्टले भने, “नेताहरूले हामीलाई भोट बैंकका रुपमा मात्रै हेर्छन्, कसैले पीडा सुन्दैन ।”
वाम–लोकतान्त्रिक कांग्रेसका उम्मेदवार एनपी साउद र एमालेका उम्मेदवार नरबहादुर धामी दुवैले विस्थापितको पुनःस्थापना गर्ने विषयलाई प्राथमिकता दिने बताको छन् । विसं २०७४ मा एमालेमाओवादी गठबन्धन हुँदा धामीसँग पराजित हुनुभएका साउद अहिले बदला लिने दाउमा छन् । एमालेका धामी २०७४ को जितको विरासत जोगाउने रणनीतिका साथ चुनावी मैदानमा छन् ।
कञ्चनपुर क्षेत्र नं २ मा मुक्तकमैया, मुक्त हलिया र आरक्ष विस्थापितसँगै भूमिहीन र सुकुम्वासी बढी भएको क्षेत्रका रुपमा छ । यही कारण उम्मेदवारहरूले चुनाव जित्नका लागि विस्थापितदेखि विभिन्न शिविरमा बसोबास गरिरहेका व्यवस्थापनको मुद्दा उठान गर्ने गरेको बेदकोटका स्थानीय टेक सार्की बताउछन् । “वर्षांैदेखि लालपुर्जा दिन्छौँ भनेका छन्, तर हामीले लालपुर्जा कहिले पाउने? हरेक चुनावमा लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएर नेताहरूले चुनाव जित्छन्”, उनले भने, “नदीको कटान र बाढीको समस्या पनि उस्तै छ ।”
उम्मेदवारहरू महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई पूर्णता दिने, चुरेबाट बग्ने नदीनालाहरूमा तटबन्ध निर्माण गर्ने, चुरे फेद र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमा सडक निर्माण गर्ने, दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलगायत मुद्दाहरू अघि सारेर मतदाता रिझाउनमा व्यस्त छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: