Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एमाले कार्यकर्ताद्वारा माओवादी कार्यकर्तामाथि रड प्रहार, अवस्था गम्भीर

खबरडबली संवाददाता

दार्चुला । एमाले नेता गणेश ठगुन्नाको चुनावी क्षेत्रमा माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्। चुनावी अभियानको क्रममा रहेका माओवादी केन्द्रका नेता जयभान सिंह धामीलाई नेकपा (एमाले) का कार्यकर्ताले रड प्रहार गरेका छन्।

दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताको सामूहिक आक्रमणबाट नेता जयभान सिंह धामी गम्भीर घाइते भएका हुन्। रड प्रहारबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका धामीलाई जिल्ला अस्पताल दार्चुलाले धनगढी रिफर गरेको छ। 

नेकपा ९माओवादी केन्द्र० दार्चुला–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयभान सिंह धामी निर्वाचन अभियानको क्रममा बिहानको खाना खाएर कार्यक्रममा निस्कने क्रममा रहेको बेला दार्चुलाको नौगाडमा ५० जनाको समुहमा आएका एमालेका नेता कार्यकर्ताले रडले साङ्घातिक प्रहार गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए। 

रडले धामीको टाउकोमा गहिरो चोट लागेको र उनको अहिलेसम्म होस नखुलेको भट्टले बताए। स्वस्थ प्रतिस्पर्धाबाट एमाले डराएको हुँदा उम्मेदवार गणेश ठगुन्नाले धामीमाथि आक्रमण गर्न लगाएको नेता भट्टको भनाई छ।

रड प्रहारबाट बेहोस भएपछि आक्रमणकारीहरुले उनलाई बेहोस अवस्थामा छाडेर हिडेको एक स्थानीयले बताए। आक्रमणबाट गम्भीर घाइते बनेका धामीलाई देखेपछि स्थानीयले माओवादी केन्द्रको कार्यकर्तालाई खबर गरेका थिए। उनलाई दार्चुलामा सामान्य उपचारपछि अञ्चल अस्पताल धनगढी रिफर गरिएको छ। 

यसैबीच आफूहरुले हार्ने निश्चित भएपछि पराजित मानसिकताले अत्तालिएको एमालेले भाडाका गुण्डा र कार्यकर्ता प्रयोग गरी आक्रमण गरेको माओवादी केन्द्रले जनाएको छ।
त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धन दार्चुलाले घटनाको भत्सना गर्दै दोषीमाथि कारबाही तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending