Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पर्यटनमा दलीय प्रतिवद्धता, कुन पाटीको सङ्कल्पपत्रमा के छ ?

खबरडबली संवाददाता

काठमाडौँ । सन् २०१८ र २०१९ मा वार्षिक सरदर १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिए । तर कोभिड–१९ का कारण पछिल्लो दुई वर्षमा पर्यटक आगमन डेढ लाखदेखि अढाइलाखमा खुम्चियो । कोरोना महामारीपछि भने मुलुकको पर्यटन क्षेत्र चलायमान बनेको छ । विदेशी पर्यटक आगमनको पछिल्लो तथ्याङ्क हेने हो भने केही सकारात्मक नतिजा दिने अपेक्षा गरिएको छ । 

यतिखेर मुलुकमा आम निर्वाचनको माहोल छ । साथसाथै पर्यटकीय याम पनि जारी रहेकाले विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको पाइन्छ । मुलुकको आर्थिक समृद्धिको दरिलो आधार मानिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले रणनीतिक योजना बनाएको छ । सरकारले प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई ‘नेपाल पर्यटन दशक’को रुपमा मनाउने घोषणा गरेको छ ।
      
यसै सन्दर्भमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलले आफ्ना प्रतिवद्धतामा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । दलहरुले दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित प्रवद्र्धनका महत्वकांक्षी योजना ल्याएका छन् । गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाखदेखि ३० लाखसम्म पु¥याउने नीति दलहरुले लिएका छन् । 

नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दलहरुको प्रतिवद्धता छ । दलहरुको चुनावी प्रद्धिवद्धतामा मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्ने गरी आगामी पाँच वर्षे योजना समेटिएको छ । पर्यटकको सङ्ख्या बढाउनेदेखि पर्यटकको बसाई लम्ब्याएर विदेशी मुद्रा बढी भित्र्याउने योजना पनि दलीय प्रतिवद्धतामा अटाएका छन् ।

नेपाली काँग्रेसले चुनावी सङ्कल्पपत्रमा आगामी पाँच वर्ष भित्र वार्षिक २० लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी लक्ष्य लिएको छ । नेकपा (माओवादी केन्द्र)ले पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने महत्वकांक्षी योजना बनाएको छ । 

त्यस्तै नेकपा ९एमाले०ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने प्रतिवद्धता जनाएको छ । तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन् ।
  
काँग्रेसले कोरोना महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोवल उकास्न पाँच वर्षे रणनीति अघि सारेको छ । कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान पाँच प्रतिशत पु¥याउने भनिएको छ । नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने काँग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पु¥याउने लक्ष्य लिइएको छ ।
  
माओवादी केन्द्रले कोभिड–१९ महामारीलगायत प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्र्षलाई थप परिस्कृत र विकास गरी भ्रमण वर्ष कार्यक्रममार्फत् ३० लाख पर्यटक भित्रयाउने आधार तयार गर्ने भनेको छ । ‘रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने नाराका साथ माओवादी केन्द्रले पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्धन गरी दिगो पर्यटनको आधार तयार गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।
 
गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने नीति लिएको एमालेले नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ । ‘पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति’ नाराका साथ पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरि पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गर्ने एमालेको नीति छ ।
   
राजनीतिक दलले चुनावी प्रतिवद्धतामा समेटेका पर्यटन आगमनसम्बन्धी आँकडा अघिल्ला वर्षको भन्दा यो वर्षको वास्तविक ‘रियालिष्टिक’ रहेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए । उनले भने, “अघिल्लो निर्वाचनमा ३५ लाखदेखि ५० लाख पर्यटक पु¥याउने भनिएको थियो । यो पटकको निर्वाचनमा २० लाखदेखि ३० लाख भनिएको छ, जवकी अहिले पर्यटकीय पूर्वाधार सुध्रिएको र बढेको छ । त्यस हिसावले हेर्दा यो रियालिष्टिक नै हो । तर, पर्यटनका लागि लक्ष्य मात्रै तोक्नुभन्दा वातावरण बनाउनेतर्फ दलहरुको ध्यान जानुपर्छ ।”
        
केही राजनीतिक दलको घोषणापत्रमा पर्यटनको राजस्व बढाउने कुरा समेटिएकाले विगतको भन्दा व्यवहारिक प्रतिवद्धता रहेको उहाँले उल्लेख गरे। पूर्व सिइओ जोशीले कोभिड–१९ पूर्व पर्यटन क्षेत्रबाट करिब रु ७० अर्ब आम्दानी हुने गरेको र कोभिड–१९ पछि रु ४० अर्ब हाराहारीमा सीमित हुने बनाउनुभयो । उहाँले पर्यटनको सबैभन्दा बाधक भनेकै पूर्वाधार रहेकाले स्रोत बजारमा बजारीकरण, हवाई उडान विस्तार र पर्यटकमैत्री वातावरण बनाएर समन्वयकारी भूमिका खेल्नसक्नुपर्छ भन् ।
  
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका छन्  । अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमनदर यो वर्षको हालसम्मकै बढी हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए । सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अगष्टमा ४१ हजार तीन सय ४, जुलाईमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार छ सय ८, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
      
कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । कोरोना महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आएको थियो । सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कम हो ।

पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ७० देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको छ । उनले सोअनुसार पर्यटक आगमन भइरहेको बताए । “यही दरमा पर्यटक भित्रिए यस वर्ष ६ लाखभन्दा बढी पर्यटक आउने सम्भावना छ”, उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वाेच्चलाई आरजु राणाको जवाफ: मेरो घरमा नगद जलेको भन्ने हल्ला पूर्णतया अपवाह

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नग...

सर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ: जेनजी आन्दोलनमा मेरो कुनै भूमिका छैन

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृ...

म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

म्यान्मा। म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।  म्य...

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

एलिमिनेटरमा काठमान्डुले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन अन्तर्र...

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...

खानेपानीको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...

अध्यक्ष लिङ्देनको प्रस्ताव: विगतका उपलब्धि सुरक्षित गर्दै नयाँ मौलिक व्यवस्था निर्माण गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending