Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पर्यटनमा दलीय प्रतिवद्धता, कुन पाटीको सङ्कल्पपत्रमा के छ ?

खबरडबली संवाददाता

काठमाडौँ । सन् २०१८ र २०१९ मा वार्षिक सरदर १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिए । तर कोभिड–१९ का कारण पछिल्लो दुई वर्षमा पर्यटक आगमन डेढ लाखदेखि अढाइलाखमा खुम्चियो । कोरोना महामारीपछि भने मुलुकको पर्यटन क्षेत्र चलायमान बनेको छ । विदेशी पर्यटक आगमनको पछिल्लो तथ्याङ्क हेने हो भने केही सकारात्मक नतिजा दिने अपेक्षा गरिएको छ । 

यतिखेर मुलुकमा आम निर्वाचनको माहोल छ । साथसाथै पर्यटकीय याम पनि जारी रहेकाले विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको पाइन्छ । मुलुकको आर्थिक समृद्धिको दरिलो आधार मानिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले रणनीतिक योजना बनाएको छ । सरकारले प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई ‘नेपाल पर्यटन दशक’को रुपमा मनाउने घोषणा गरेको छ ।
      
यसै सन्दर्भमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलले आफ्ना प्रतिवद्धतामा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । दलहरुले दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित प्रवद्र्धनका महत्वकांक्षी योजना ल्याएका छन् । गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाखदेखि ३० लाखसम्म पु¥याउने नीति दलहरुले लिएका छन् । 

नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दलहरुको प्रतिवद्धता छ । दलहरुको चुनावी प्रद्धिवद्धतामा मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्ने गरी आगामी पाँच वर्षे योजना समेटिएको छ । पर्यटकको सङ्ख्या बढाउनेदेखि पर्यटकको बसाई लम्ब्याएर विदेशी मुद्रा बढी भित्र्याउने योजना पनि दलीय प्रतिवद्धतामा अटाएका छन् ।

नेपाली काँग्रेसले चुनावी सङ्कल्पपत्रमा आगामी पाँच वर्ष भित्र वार्षिक २० लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी लक्ष्य लिएको छ । नेकपा (माओवादी केन्द्र)ले पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने महत्वकांक्षी योजना बनाएको छ । 

त्यस्तै नेकपा ९एमाले०ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने प्रतिवद्धता जनाएको छ । तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन् ।
  
काँग्रेसले कोरोना महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोवल उकास्न पाँच वर्षे रणनीति अघि सारेको छ । कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान पाँच प्रतिशत पु¥याउने भनिएको छ । नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने काँग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पु¥याउने लक्ष्य लिइएको छ ।
  
माओवादी केन्द्रले कोभिड–१९ महामारीलगायत प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्र्षलाई थप परिस्कृत र विकास गरी भ्रमण वर्ष कार्यक्रममार्फत् ३० लाख पर्यटक भित्रयाउने आधार तयार गर्ने भनेको छ । ‘रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने नाराका साथ माओवादी केन्द्रले पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्धन गरी दिगो पर्यटनको आधार तयार गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।
 
गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने नीति लिएको एमालेले नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ । ‘पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति’ नाराका साथ पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरि पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गर्ने एमालेको नीति छ ।
   
राजनीतिक दलले चुनावी प्रतिवद्धतामा समेटेका पर्यटन आगमनसम्बन्धी आँकडा अघिल्ला वर्षको भन्दा यो वर्षको वास्तविक ‘रियालिष्टिक’ रहेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए । उनले भने, “अघिल्लो निर्वाचनमा ३५ लाखदेखि ५० लाख पर्यटक पु¥याउने भनिएको थियो । यो पटकको निर्वाचनमा २० लाखदेखि ३० लाख भनिएको छ, जवकी अहिले पर्यटकीय पूर्वाधार सुध्रिएको र बढेको छ । त्यस हिसावले हेर्दा यो रियालिष्टिक नै हो । तर, पर्यटनका लागि लक्ष्य मात्रै तोक्नुभन्दा वातावरण बनाउनेतर्फ दलहरुको ध्यान जानुपर्छ ।”
        
केही राजनीतिक दलको घोषणापत्रमा पर्यटनको राजस्व बढाउने कुरा समेटिएकाले विगतको भन्दा व्यवहारिक प्रतिवद्धता रहेको उहाँले उल्लेख गरे। पूर्व सिइओ जोशीले कोभिड–१९ पूर्व पर्यटन क्षेत्रबाट करिब रु ७० अर्ब आम्दानी हुने गरेको र कोभिड–१९ पछि रु ४० अर्ब हाराहारीमा सीमित हुने बनाउनुभयो । उहाँले पर्यटनको सबैभन्दा बाधक भनेकै पूर्वाधार रहेकाले स्रोत बजारमा बजारीकरण, हवाई उडान विस्तार र पर्यटकमैत्री वातावरण बनाएर समन्वयकारी भूमिका खेल्नसक्नुपर्छ भन् ।
  
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका छन्  । अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमनदर यो वर्षको हालसम्मकै बढी हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए । सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अगष्टमा ४१ हजार तीन सय ४, जुलाईमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार छ सय ८, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
      
कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । कोरोना महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आएको थियो । सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कम हो ।

पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ७० देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको छ । उनले सोअनुसार पर्यटक आगमन भइरहेको बताए । “यही दरमा पर्यटक भित्रिए यस वर्ष ६ लाखभन्दा बढी पर्यटक आउने सम्भावना छ”, उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: