Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा, अङ्कगणितमा को बलियो ?

खबरडबली संवाददाता

मकवानपुर । संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरुले प्रकाश पार्दै आएका छन् । 

मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको सूर्य चिह्नबाट र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह चुनावी प्रतिस्पर्धामा रहेको छन् । त्यस्तै क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस (बिपी) बाट सुरेन्द्र भट्टराई, नेमकिपाबाट शान्तलाल भैलसहित २६ जना चुनावी मैदान होमिएको छन् । क्षेत्र नम्बर १ को (१) र (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) र आनन्दराम पराजुलीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेको छन्। नेकपा एमालेको तर्फबाट कमल विष्ट र एकलाल श्रेष्ठ छन। राप्रपाका तर्फबाट सागर थापा (१) र गुञ्जनबहादुर न्यौपाने ९२० प्रदेशसभा सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धामा रहेको छन्।

मकवानपुरमा तीन लाख सात सय ५८ मतदाता छन् । जिल्लामा तीन सय ६४ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १ मा पुरुषतर्फ ७४ हजार नौ सय ३०, महिलातर्फ ७५ हजार दुई सय २१ र चार जना तेस्रो लिङ्गी मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

यो क्षेत्रमा बागमती, बकैया, मकवानपुरगढी गाउँपालिकाको आधा भाग, हेटौँडा उपमहानगरपालिकाको १ देखि १९ मध्ये १, ३, ११ र १९ नम्बरबाहेक अन्य १५ वडा रहेको छ । राष्ट्रिय राजनीतिमा नेतृत्व प्रदान गर्न सक्ने र जनताप्रति सधैँ उत्तरदायित्व बोध गर्ने व्यक्तिलाई छनौट गरेर मतदान गर्नुपर्ने समय आएको भीमफेदी गाउँपालिका–४ निवासी समाजसेवी ओमबहादुर थापाले बताए।

मकवानपुरको चिसापानीगढी एवं मकवानपुरगढीको ऐतिहासिक प्राचीन धरोहरलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै हेटौँडामा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने लक्ष्य र जनतालाई केन्द्र बिन्दुमा राखेर अघि बढ्ने सक्षम नेतृत्व गर्ने व्यक्तिलाई मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाउनुपर्ने मतदाताको भनाइ छ । निर्वाचनमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आवाजजावत गर्ने व्यक्तिलाई छनौट गर्नुपर्ने हेटौँडा उपमहानगरपालिका–१२ का समाजसेवी तोयनाथ अधिकारीले बताए ।

संविधानसभा सदस्य एवं एमाले नेता अनन्तप्रसाद पौडेलले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न विभिन्न राजनीतिक दलका उम्मेदवारले आचारसंहिता पालना गरेर प्रत्येक मतदातालाई आफूले इच्छाएको योग्य क्षमतावान् उम्मेदवार स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्ने मौका दिन आग्रह गरे। 

मकवानपुरमा तीन सय ६४ मतदान केन्द्रबाहेक दुई छुट्टाछुट्टै अस्थायी मतदान केन्द्रको स्थापना गरिएको छ । जसमध्ये कैदीबन्दीको लागि भीमफेदी कारागार, निजामती कर्मचारी र तेस्रो लिड्गीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिसरमा मतदान केन्द्र कायम गरी मतदानको लागि मतदान केन्द्रको निर्माण कार्य सुरु भइरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए । 

मकवानपुर क्षेत्र नम्बर १ र २ गरी लोकतान्त्रिक वाम गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपालगायत विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६९ उम्मेदवार चुनावी मैदानमा होमिका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ४३ रहेको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ ।

आगामी मङ्सिर ४ मा हुने आमनिर्वाचन सन्दर्भमा मकवानपुरको विभिन्न मतदान केन्द्रको सरक्षा प्रदान गर्न नेपाली सेना जिल्लाको विभिन्न स्थानीय गाउँपालिका पायक गर्ने स्थानमा खटिइसकिएको र म्यादी प्रहरी विभिन्न ६२ प्रहरी चौकीमा पुगिसकेको छ । यही कात्तिक २८ गतेदेखि नेपाल प्रहरीको टोली निर्वाचन सामग्री लिएर विभिन्न मतदान केन्द्रमा प्रस्थान गर्ने भएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टीलाई सामूहिक नेतृत्वमा विधिपूर्वक चलाउन अध्यक्षमा दाबी गरेको हुँ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...

दृढ अठोट र ऊर्जासहित आचरणशील र नेतृत्वको खाँचो छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो: महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...

दर्जनभन्दा बढी बैंकले ब्याजदर घटाए, कसको कति ?

काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...

एमाले महाधिवेशनमा सहभागीलाई ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...

सुनको भाउ २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...

व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने कर्मचारीसहित दुई पक्राउ

काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending