Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

इलाम १ः ४८ साल यता हार नव्यहोरेका खनालसँग बस्नेतको प्रतिस्पर्धा

खनाल कति सुरक्षित ?

खबरडबली संवाददाता
फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल सातौँपटक इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०५६ को निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसार्इंसँग पराजित भएबाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नुपरेको छैन ।  गत आमचुनावमा नेकपा (एमाले)का तत्कालीन नेता खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गरेको थिए । 
 
यसपटक कांग्रेससहितको सत्ता–गठबन्धनबाट साझा उम्मेदवार खनालको मुख्य प्रतिस्पर्धी दुई कार्यकाल इलाम नगरपालिकाको प्रमुख बनेका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत छन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय विक्रम पाण्डेले स्वतन्त्र उम्मेदवारी पनि सोही क्षेत्रबाट दिएका छन् । 
 
इलाम क्षेत्र नं १ को प्रदेशसभा ९१० मा गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी ०की नेत्री एवं प्रदेश नं १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूको उम्मेदवारी रहेको छ भने एमालेले सन्दकपुर गाउँपालिकाकी पूर्वउपाध्यक्ष शोभा पराजुलीलाई उम्मेदवार बनाएको छ । 
 
यसैगरी प्रदेशसभा ९२० मा गठबन्धनबाट कांग्रेसका नेता एवं रोङ गाउँपालिकाका पूर्वाध्यक्ष शमशेर राईका विरुद्ध एमालेले माई नगरपालिकाका पूर्वप्रमुख दीपककुमार थेबेलाई अघि सारेको छ ।
 
उम्मेदवारहरु आआफ्नो एजेण्डा, पार्टीको घोषणा र प्रतिबद्धतापत्र लिएर जनताको घरदैलोमा व्यस्त छन्। भेला तथा चुनावी सभाले निर्वाचनको माहौल तताएको छ । नेता खनाल सडकदेखि पर्यटन सम्मका १७ योजना सहित अहिलेसम्म भएका कामको फेहरिस्त लिएर चुनाव प्रचारमा व्यस्त छन्। 
 
उनको अपिलमा निर्वाचन क्षेत्रका सबै पालिका र वडामा कालोपत्र पक्की सडकको विकास गरिने उल्लेख छ । जिल्लाको पर्यटकीयस्थलको संरक्षण र संवद्र्धन गरिने जनाउँदै उनले भने, “पर्यटकीय क्षेत्रलाई अत्याधुनिक व्यवस्थापन गर्दै अझ सुन्दर र लाभकारी बनाइनेछ ।” शिक्षालाई निःशुल्क बनाउने उहाँको उद्देश्य छ । “सबैलाई शिक्षाको सुनिश्चित हुनेगरी उच्च शिक्षा अध्ययनको केन्द्रका रुपमा यो क्षेत्रलाई विकास गर्नेछु ।”
 
चियाको उत्पादन वृद्धि गर्ने, स्थिर बजार खोज्ने, बजार विविधीकरण र चिया उद्योगलाई नेपालको राष्ट्रिय उद्योगका रुपमा विकास गर्ने खनालको अपिलमा उल्लेख छ । सोचेजस्तो विकास गर्न नसकेको आरोप खेपिरहनुभएका खनालका लोभलाग्दा योजना पढेर मतदाता सकारात्मक देखिएका छन् । एकतीस वर्ष सूर्यमा भोट माग्नुभएका उहाँ यसपटक कलम चिह्नमा छाप लगाउन अपिल गरिरहेका छ । 
 
विसं २०५४ देखि ०५९ सालसम्म इलाम नगरपालिकाको प्रमुख बन्नुभएका बस्नेत ०७४ सालको निर्वाचनमा दास्रो कार्यकालका लागि पुनःनिर्वाचित बनेको थिय । लामो समय खनाललाई नेता मानेर कार्यकर्ताको भूमिका निभाएका बस्नेतलाई पार्टीले यो पटक खनालको प्रतिस्पर्धी बनाएको छ । नगरप्रमुख हुँदा भौतिक पूर्वाधारका क्षेत्रमा गरेको काम र सङगठनका कारण जनता आफ्नो पक्षमा रहेको उहाँको भनाइ छ । “जनताले नयाँ अनुहार खोजेका छन् ”, उनले भने । खनाल झैँ बस्नेत पनि मतदाता भेटघाटमा नै व्यस्त छन्। 
 
सो क्षेत्रबाट खनाल, बस्नेत र पाण्डेसहित जनता समाजवादी पार्टीका कमलकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारानाथ सापकोटा, नेपाली कांग्रेस ९बिपी० का गणेशप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका पद्मबहादुर लिम्बू, मङ्गोलनेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया र अन्य स्वतन्त्र उम्मेदवार निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मी रहनुभएको छ । 
 
सूर्योदय नगरपालिकाका रोशन बस्नेत र गोविन्द सापकोटा विकास र पूर्वाधारका कामलाई अघि बढाउन सक्ने उम्मेदवारलाई मत दिनुपर्ने बताउछन्। माईजोगमाइका कुमार थापाको पनि त्यस्तै भनाइ छ । 
 
यस निर्वाचन क्षेत्रअन्तर्गत सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका वडा नं १० र माई नगरपालिकाको ७, ८, ९ बाहेक सबै वडा पर्दछन् । गत स्थानीय तह निर्वाचनमा नेकपा ९एस०ले सूर्योदय नगरपालिकाको प्रमुख र सन्दकपुर गाउँपालिकाको उपाध्यक्षसहित सात  वडामा विजयी भएको थियो । 
 
निर्वाचन क्षेत्रअन्तर्गतका ३९ मध्ये २० वडामा उम्मेदवारी दिएको नेकपा एसले सात वडामा मात्र जितेको हो । रोङ र सन्दकपुर गाउँपालिका अध्यक्षसहित कांग्रेसले सूर्योदय उपप्रमुख र माईजोगमाई उपाध्यक्ष जितेको थियो भने माईजोगमाई अध्यक्ष र रोङ उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी बनेको थिए । 
 
पालिका तहमा गठबन्धन भए पनि वडा तहमा मित्रवत् प्रतिस्पर्धा गरिएको थियो । वडा तहको मतपरिणामअनुसार सो क्षेत्रमा एमालेको २४ हजार आठ सय २१ मत छ भने गठबन्धनको ३७ हजार तीन सय ४४ मत थियो । इलाममा कूल मतदाता दुई लाख २४ हजार चार सय ७७ रहेका छन् । स्थानीय तहको निर्वाचनयता जिल्लामा एक सय २९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं १ मा मात्र एक लाख नौ हजार पाँच सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

एलिमिनेटरमा काठमान्डुले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन अन्तर्र...

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...

खानेपानीको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...

अध्यक्ष लिङ्देनको प्रस्ताव: विगतका उपलब्धि सुरक्षित गर्दै नयाँ मौलिक व्यवस्था निर्माण गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ: प्रधामन्त्री कार्की

बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।  ...

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending