Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

खबरडबली संवाददाता

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी छन् । उनीसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन् । 

उहाँ इलामबाट सातौँ पटक चुनाव लड्दै हुनुहुन्छ । छ पटक विजयी भइसक्नुभएका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएको थिय । विसं २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जित्नुभएका उहाँ छैटौँ जितको प्रतीक्षामा छन् । 

विसं २०४८ को आमनिर्वाचन विजयी बन्दै संसद् भवन छिर्ने अवसर पाएका नेता खनाल त्यसयता २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएको थिय । उहाँ २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मा पराजित भएको थिए । विसं २०७४ को चुनावमा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएका खनाललाई यस पटक तिनै उम्मेद्वारसहित दलको साथ रहेको छ । पूर्व सहकर्मी तथा हाल एमाले जिल्ला अध्यक्ष बस्नेतसँगको भीडन्त खनालका लागि उति सहज भने पक्कै छैन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलको साथ खनाललाई छ । 

नेता खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसक्नुभएको छ । इलाममा जन्मिनुभएका उहाँ २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री भए । विसं २०५३ मा सूचना तथा सञ्चारमन्त्री बन्नुभएका उनी २०६७ माघ २० गते प्रधानमन्त्री बने । 

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षले पाएको दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार दुई सय ३३ मत पाएको छ । नेपाली कांग्रेसले २५ हजार सात सय मत पाएको थियो ।

त्यस्तै एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले नौ हजार चार सय ८१, जनता समाजवादी पार्टीले एक हजार आठ सय २९, नेकपा (माओवादी केन्द्र)ले एक हजार दुई सय ३५ र राप्रपाले एक हजार एक सय ६९ मत पाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending