Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

काठमाडौँ–८ मा रोचक प्रतिस्पर्धा हुने, यस्तो छ विगत

खबरडबली संवाददाता
काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ, नेकपा ९एमाले०बाट शिवसुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट कृष्णमाया मानन्धर, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेशकुमार डङ्गोललगायत चुनावी मैदानमा भिड्दै हुनुहुन्छ । 
 
त्यसैगरी स्वतन्त्रबाट दुर्गा देवी महर्जन र नेपाल मजदुर किसान पार्टीबाट कृष्णमाया मानन्धर गरी क्षेत्र नं ८ बाट दुई जना महिला उम्मेदवार रहेका छन् । यी सबै उम्मेदवारले त्यस क्षेत्रको स्थानीय विकासलाई प्राथमिकतामा रोखेका छन् । 
 
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका सत्तागठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का सचिव श्रेष्ठ निर्वाचन क्षेत्र नं ८ का प्राकृतिक, सांस्कृतिक र सम्पदा ९मूर्त अमूर्त० लाई केन्द्रित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता गरेको छन् । 
 
प्रतिबद्धतापत्रमा भनिएको छ, “नेपाल संवत्को इतिहाससँग जोडिएको लखुतीर्थलाई राष्ट्रिय विभूति शङ्खघर साख्वाः को जीवनीसँग जोडेर ऐतिहासिकस्थलका रुपमा विकास गर्न पहल गर्ने ।” उम्मेदवार श्रेष्ठले ८ नं क्षेत्रभित्र पर्ने मठमन्दिरका गुरु, पुजारी, वहाः र वहीका प्रमुख र परम्परागत बाजा, नृत्य सिकाउने गुरुलाई प्रोत्साहनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 
 
हनुमान ढोका परिसरमा खुला क्षेत्र विस्तार गरी रमणीयस्थल बनाई पर्यटकलाई आकर्षित गर्न पुरानो हनुमान ढोका प्रहरी परिसर कार्यालयको भवन खुला राख्न पहल गर्ने उहाँको प्रतिबद्धता छ । ५३ हजार मतदाता रहेको यो क्षेत्र भूगोलको हिसाबले सानो भए पनि हनुमान ढोका, जीवित कुमारी, स्वयम्भूलगायतका काठमाडौँका महत्वपूर्ण सांस्कृतिक सम्पदाको भने केन्द्रबिन्दु नै मानिन्छ । 
 
त्यसैगरी सोही क्षेत्रमा जिल्ला समन्वय समिति काठमाडौँका निवर्तमान प्रमुख तथा जिल्ला समन्वय समिति महासङ्घका प्रवक्ता शिवसुन्दर राजवैद्य प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर ४ को चुनावमा नेकपा एमालेका तर्फबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । उहाँले आफ्नो निर्वाचन क्षेत्र ऐतिहासिक सम्पदा भएको क्षेत्र भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत भएको हनुमान ढोका र स्वयम्भू मन्दिर क्षेत्रको समग्र विकास गरी पर्यटकका लागि आकर्षकको क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । 
 
उनले भने, “केन्द्रीय राजधानी काठमाडौँ जस्तो ठाउँमा धारा नभएको ठाउँ छ, स्थानीयमा खानेपानीको समस्या छ, ‘एक घर, एक धारा’का निम्ति मैले पहल गर्नेछु ।”   
 
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका हरेक वडामा स्वास्थ्यचौकी हुँदै राष्ट्रियस्तरको अस्पताल लैजाने प्रणाली बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रिमालले आफ्नो निर्वाचन क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक, पुरात्वात्तिक सम्पदाको पहिचान र संरक्षण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 
उम्मेदवार रिमालद्वारा जारी प्रतिबद्धतापत्रमा भनिएको छ, “निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यको दायित्व कायम गर्न प्रतिबद्ध छु ।” चुनाव नजिकिँदै गर्दा त्यस क्षेत्रका उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।
 
सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौँ महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौँ महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा ९एकीकृत समाजवादी० र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: