Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा, यस्तो छ पुरानो हिसाबकिताब

खबरडबली संवाददाता

कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, नेकपा ९एमाले०बाट तीन र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामजनम चौधरी, क्षेत्र नं ४ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेशसभापति वीरबहादुर बलायर चुनावी मैदानमा छन् ।

विसं २०७४ को निर्वाचनमा चौधरी कैलाली क्षेत्र नं ३ र बलायर डोटीबाट वाम–गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिय । चौधरी र बलायर यसपटक पाँचदलीय गठबन्धनको सहारामा निर्वाचन जित्ने दाउमा छन्। चौधरी उम्मेदवार भएको क्षेत्र नं १ मा एमाले तर्फबाट तपेन्द्र रावल र रमेश चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ अहिले उनका प्रतिस्पर्धी छन्। बलायर उम्मेदवार भएको क्षेत्र नं ४ मा एमालेका तर्फबाट एमाले सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । भट्ट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम–गठबन्धनका तर्फबाट विजयी बन्नुभएको थियो । भट्ट जीतलाई निरन्तरता दिने दाउमा छन बलायर सत्तागठबन्धनको मतबाट जित्ने दाउमा छन्।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा एमालेका नेता एवं पूर्वमन्त्री गौरीशङ्कर चौधरी चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा उनले वाम–गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरेको थि । एमाले नेता चौधरीसँग उहाँका पूर्वसहकर्मी माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी प्रतिस्पर्धा गर्नुहुँदैछ । एमालेका चौधरी जीतलाई निरन्तरता दिने रणनीतिमा हुनुहुन्छ भने माओवादी केन्द्रका चौधरी माओवादीको विरासत कायम राख्ने दाउमा छन्। सो निर्वाचन क्षेत्रमा २०६४ देखि माओवादीले जित्दै आएको क्षेत्र हो ।  

विसं २०७४ को निर्वाचनमा वाम–गठबन्धनको समर्थनमा निर्वाचन जितेका चौधरी यसपटक एमालेका उम्मेदवार हुनुहुन्छ भने माओवादीका चौधरीलाई सत्तागठबन्धनको समर्थन छ । थारु बाहुल्यता रहेको सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा  पूर्वमन्त्री चौधरी, सत्तागठबन्धनका गौरीशङ्कर  र नागरिक उन्मुक्तिका गङ्गारामबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनि राना र कांग्रेसका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धबाट नेपाली कांग्रेसका डिल्लरिाज पन्त उम्मेदवार छन् । 

विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनि रानाले कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजित गर्नुभएको थियो । त्यसबेला राना वाम–गठबन्धनबाट विजयी बन्नुभएको थियो । यसपटक कांग्रेसका उम्मेदवार पन्तलाई सत्तागठबन्धनले साथ दिएको छ भने एमाले उम्मेदवार राना पार्टीको एकल उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र एमाले उम्मेदवार रानालाई स्वतन्त्र उम्मेदवार ओझा चुनौतीका रुपमा देखा परेका छन् । सत्तागठबन्धनको मत स्वतन्त्रले काट्ने आँकलनले राना जीतलाई निरन्तरता दिने दाउमा छन् भने सत्तागठबन्धनका उम्मेदवार पन्त पाँचदलीय र एमालेभित्रको आन्तरिक किचलो फाइदा उठाउँदै चुनाव जित्ने दाउमा छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: