Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छ : गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ ९पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ० समूहको दीक्षान्त समारोहमा उहाँले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास व्यक्त गरे।

गृहमन्त्री खाणले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गरे । कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उहाँले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने बताए। 

गृहमन्त्री खाणले प्रहरीका तालिममा आवश्यकताअनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न सङ्गठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेकोसमेत उल्लेख गरे । 

समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बूलाई स्व कुलानन्द स्मृति पुरस्कार प्रदान गरे । साथै उनले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिष पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्णबहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नाका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

एमाले केन्द्रीय कमिटीमा तीन सय एक सदस्यीय हुने

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम  केन्द्रीय कमिटी ...

आफैंले हत्या गरेर श्रीमती बेपत्ता भन्दै प्रहरीमा जाहेरी दिन पुगे श्रीमान

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा मादीका प्रेम दोर्ची शेर्पा रहेका छन्। उनले नै यसअ...

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...

कर्णाली प्रदेशमा नेकपाको संसदीय दल नेता चयनमा प्रचण्डको चासो, छलफलबाटै टुङ्ग्याउन निर्देशन

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...

एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने

काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...

महान्यायाधीवक्ता सविता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट निलम्बित

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।  ...

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending