Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

विश्व अण्डा दिवस: जनचेतना अभावमा अण्डा खपत कम

खबरडबली संवाददाता

चितवन । स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको हो ।

विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरुपमा गुणस्तरीय प्रोटिन, भिटामिन ई, ए, के, बि १, बि २, बि ३, बि ६, बि ९, बि १२ खनिज तत्वहरु फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, आइरनका साथै चिल्लो पदार्थ पनि ठिक्क मात्रामा पाइन्छ । यी तत्वले मान्छेको शरीरमा मांशपेशी र दिमागको पर्याप्त वृद्धि विकास, स्नायु र मुटुसम्बन्धी तथा अन्य शारीरिक र मानसिक कार्य समान रुपले चलाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

वरिष्ठ फिजिसियन डा।महेन्द्र अग्रहरि प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउँछन् । अण्डामा प्रोटिन, क्यालोरी र मिनिरल्स पाइने उनको भनाइ छ । यो अण्डाको सेतो भागमा धेरै पाइन्छ । पहेँलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ । उनी बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेँलो भाग खुवाउनुपर्ने बताउँछन् । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान उनको सुझाव छ ।

मादक पदार्थ धेरै खाएर प्रोटिनको मात्रा घटेका, कलेजोमा समस्या देखिएकाले प्रोटिन बढाउने मुख्य माध्यम अण्डा भएको डा।अग्रहरीको भनाइ छ । उनले भने– “अण्डाले कलेजो र शरीरमा थिग्रिएको पानीलाई सोस्न सहयोग गर्छ ।” बयस्क र बच्चाका लागि दैनिक कम्तीमा एउटा अण्डा खानुपर्ने उनको सुझाव छ । 

शारीरिक विकास, मानसिक वृद्धि सबैमा अण्डा उपयोगी हुने उनको भनाइ छ । उनले भने– “मानिसलाई बुझाउन नसक्दा अण्डाको उपयोग कम छ ।” यसका लागि उपयुक्त माध्यम जनचेतना नै भएको उनी बताउँछन् । विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग निकै कम छ । नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा।सुवीर सिंह एशियाका मानिसले वार्षिक एक सय ८० अण्डा उपभोग गर्नुपर्ने भए पनि नेपालमा यो दर ६१ मात्रै रहेको बताउँछन् । जापानमा यो दर तीन सय ६२ रहेको उनले जानकारी दिए । मानिसमा आवश्यक जनचेतनाको अभावका कारण खपत बढ्न नसकेको सिंह बताउँछन् । 

उनले भने– “बेमौसमी काउलीभन्दा अण्डा सस्तो छ, तर बुझाउन नसक्दा खपत हुन सकेन ।” प्रोटिनको मुख्य स्रोत अण्डा निकै सस्तो भएर पनि उपभोग बढाउन नसकिएको उनको भनाइ छ ।  नेपालमा सबैभन्दा धेरै अण्डा उत्पादन गर्दै आएको दाउन्ने कर्पोरेटका कार्यकारी निर्देशक विनोद पोखरेल सरकारी तवरबाट अण्डाको महत्वका बारेमा आम नागरिकलाई बुझाउन नसक्दा खपत नबढेको बताउँछन् । निजी क्षेत्रले लागत मूल्य बढी भएकाले जनचेतनामूलक काम गर्न नसकेको भन्दै उनले नेपालमा आत्मनिर्भर यो व्यवसायलाई टिकाउनका लागि सरकारी तवरबाट काम हुनुपर्ने बताए ।

कोरोनाका बेला अण्डाको उपभोग निकै बढेको भन्दै उनले यसको महत्वका बारेमा आम नागरिकलाई बुझाउनुपर्ने बताए । नेपालमा ठूला फार्म खुलेका जनाउँदै उनले व्यवसाय आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्र सहकार्य गर्नुपर्नेमा जोड दिए । 

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीको भनाइमा अहिले दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । सङ्घमा आबद्ध फार्म मात्रै एक हजार दुई सय छन् । सङ्घमा दर्ता नभएका साना फर्म तीन गुणा बढी भएको उनी बताउँछन् । दुई लाखभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी यसले दिएको छ ।

समग्र पोल्ट्री क्षेत्रमा नेपालमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी रहेको तथ्याङ्क छ । त्यसको झण्डै आधा अण्डा उत्पादन क्षेत्रमा लगानी भएको उनले जानकारी दिए । यद्यपि उचित प्रचारप्रसारको कमीका कारण उपभोग बढाउन नसकिएको उनी बताउँछन् ।

मानिसमा क्रयशक्तिमा कमी आउँदा प्राथमिकतामा अण्डा पर्न नसकेको उनको भनाइ छ । नागरिकलाई बुझाउन सकेमा मानवीय स्वास्थ्यका लागि अण्डाको खपत बढाउन सकिने केसी बताउँछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending