Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

कञ्चनपुरका वडा–वडामा लागुऔषध सचेतना कार्यक्रम

खबरडबली संवाददाता
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले कञ्चनपुरमा लागुपदार्थ खैरो हिरोइनले जरा गाडेको विषय उजागर गरे।
 
उनले जिल्लाभर प्रहरी सक्रिय गराएर झण्डै डेढ सयलाई कानुनी कारवाहीका दायरामा समेत ल्याए। कञ्चनपुर भारतका चार जिल्लासित सीमा जोडिएको जिल्ला पनि हो । खैरो हिरोइनले युवापुस्ता कुलतमा फसिसकेको विषय प्रहरी सक्रियतापछि बाहिर आयो । 
 
पछिल्लो समय समाजको ‘क्यान्सर’ नै लागुऔषध भएको जनाउँदै जिल्लामा सक्रियता बढाएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले लागुऔषध नियन्त्रणमा सक्रिय छन् । लागुऔषध नियन्त्रणका साथै कारबाही र समाजमा लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिरहेका उनले अचेल यहाँका वडा तहसम्म पुगेर कक्षा लिइरहेका छन् ।
 
वडास्तरसम्म सचेतना कक्षा सञ्चालन गरिरहेका प्रउ चौधरीले सामुदायिक प्रहरीमार्फत पनि स्कूल र समुदायस्तरमा लागुऔषधबाट बच्न र न्यूनीकरणका लागि सक्रिय बनाएका छन् । “सामाजिक सञ्जाल दुरुपयोग, अभिभावक सन्ततिप्रति गम्भीर नदेखिहुन, पारिवारिक कलह र लागुऔषध पाउने बजार नजिक हुँदा कञ्चनपुर लागुऔषधको नराम्रो फन्दामा छ ।” उनले भने, “ लागुऔषधमा प्रहरी र नागरिक एवं सरोकारवालबीच सहकार्य हुनु आवश्यक छ ।”
 
उन कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीमध्ये ४५ प्रतिशत लागुऔषध मुद्दाका अभियुक्त र दोषी रहेको जानकारी दिए । “तीन वर्षअघिसम्म यहाँ लागुऔषधका ५५ मुद्दा रहे पनि अहिले एक सय ४३ मुद्दा चलिरहेका छन् ।” उनले भने, “मुद्दाको रेकर्डले पनि यसको भयाभहको अवस्था देखाउँछ ।”
 
कारागारका रहेका चार सय २६ कैदीबन्दीमध्ये एक सय ५६ लागुऔषधसम्बकन्धी मुद्दाका रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी मातहतका मुद्दा चल्ने युनिटमा पनि लागुऔषध मुद्दाकै चाप बढी छ । “लागुऔषधको लत र कारोबारमा १८ देखि ३० वर्षभित्रका युवा÷युवती छन् ।” प्रउचौधरीले भने, “युवा शक्ति नै दुव्र्यसनको सिकार बन्दै सहायक अपराध पनि बढ्छन् ।”
उनले लागुऔषधकै लतमा परेको व्यक्तिले चोरी, लुटपाट, बलात्कारदेखि हत्या हिंसाजस्ता सामाजिक अपराधमा केन्द्रित हुने गरेको बताए। “भारतीय बजारमा लागुऔषध खरिद गरेर भारतीय नै नेपालको सिमानासम्म पु¥याइदिने गरेको तथ्य छ ।” उनले भने, “कतिपय बेला भारतीय लागुऔषध नेपालमै ल्याएर किनबेच गरिरहेको बेला पक्राउ परेको स्थिति पनि छ ।”
 
भारतका चार जिल्ला कञ्चनपुरको सिमानासम्म जोडिने भएकाले प्रहरीलाई समन्वय गर्न पनि समस्या रहेको छ । “लागुऔषधसित अन्य पाँच÷छ वटा अपराधसमेत जोडिएका छन् ।” उनले भने, “यसको ओसारपसार र सेवन न्यूनीकरण प्रहरी सक्रियताले मात्रै सम्भव छैन ।” अभिभावले प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्ने काम हो भन्दै सोचेर बसेर मात्रै नहुने प्रहरीको भनाइ छ ।
 
“खैरो हिरोइन यहाँ उत्पादन नभए पनि यसको माग र पैठारी रोक्ने विषयमा हामी गम्भीर भएर लागेका छौँ ।” उनले भने, “सोहीअनुसार ओसारपसारमा संलग्न र सेवनकर्ता धमाधम पक्राउ परिरहेका पनि छन् ।” युवालाई लागुऔषधको लतमा पस्न नदिन व्यायम, साधना र सङ्गीततर्फ लगाउन अभिभावकले जोड दिनुपर्ने चौधरीको भनाइ छ ।
 
“सवारी दुर्घटना पनि लागुऔषध र मादकपदार्थ सेवनकै कारण बढी हुने गरेको देखिन्छ ।” उनले भने, “समृद्ध समाज बनाउन सडकलगायतका पूर्वाधार बनाएर मात्रै हुँदैन, युवा शक्तिलाई नराम्रा लतमा जान नदनि पनि सबैको भूमिका आवश्यक छ ।”
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending