Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

बागलुङको प्रभा माविको ६२ वर्षे यात्राः छाप्रोदेखि नमूना विद्यालयसम्म

खबरडबली संवाददाता

बागलुङ । एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुप¥यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि उस्तै । अभावै अभावमा गुज्रिएको विद्यालय अहिले जिल्लाकै नमूना बनेको छ । 

अझै पनि विद्यालयमा समस्या छन्, नभएका होइनन् । तर अहिले विगतको तुलनामा निकै सुविधासम्पन्न भएको छ । निसीखोला गाउँपालिका–३ झिवाखोलामा रहेको यस विद्यालय पश्चिम बागलुङकै अग्रणी विद्यालयमध्येमा पर्छ । निसीखोलामा यस विद्यालयभन्दा अगाडि धेरै विद्यालय स्थापना भए पनि सबैभन्दा पहिले माध्यमिक तहसम्म पढाइ हुने पहिलो विद्यालय भने प्रभा मावि नै हो । 

विसं २०१७ मा स्थापना भएको विद्यालय २०२७ सालमा मध्यमिक तहसम्म पढाइ थालिएको थियो । विसं २०२८ मा नयाँ शिक्षा नियम लागू भएपछि विद्यालयलाई माविबाट निमाविमा झारिएको थियो । विद्यार्थीको चाप र स्थानीयको मागपछि सरकारले १४ वर्षपछि पुनः २०४२ सालमा मावि तहमै रुपान्तरण गरी पठनपाठन सञ्चालन गरिँदै आइएको छ । निसीखोलामा प्रभा माविभन्दा अघि यस क्षेत्रमा माध्यमिक तहसम्म पढाइ हुँदैनथ्यो ।

साविक बोहरागाउँ, निसी र देवीस्थान गाविसअन्तर्गतका विद्यार्थी घण्टौँ लगाएर यस विद्यालयमा पुगेर अध्ययन गर्दै आएका थिए । तर पछि निसीमा ज्ञानेन्द्र मावि, देवीस्थानमा देवीस्थान माविमा १० कक्षासम्म पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई केही राहत पुगेको थियो । लामो समय माध्यमिक तहसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा विसं २०६७ देखि बाह्र कक्षा सञ्चालनमा आयो । 

कक्षा १२ सम्म सञ्चालनमा आएपछि निसीखोलाका विद्यार्थीलाई सहज भएको छ । किसान मजदुरका छोराछोरीले पनि घरबाटै उच्च शिक्षा हासिल गर्न पाउने वातावरण तयार भएको स्थानीय बताउँछन् । झिवाखोलामा बाह्र कक्षा सञ्चालन नहुँदा यहाँका सयौँ विद्यार्थी उच्च शिक्षा लिन निसीखोला बाहिर जानुपर्ने बाध्यता थियो ।

निसीखोलाको केन्द्र भागमा रहेको हुँदा विद्यार्थीको चाप पनि उत्तिकै छ ।  विद्यालयमा स–साना टहरादेखि काठ र ढुङ्गाबाट बनेका भवनमा पठनपाठन सञ्चालन गर्दै आएको यस विद्यालयमा अहिले सुविधासम्पन्न भवन बनेका छन् । भौतिक संरचनाका हिसाबले सुविधासम्पन्न भएको र अब शिक्षालाई गुणस्तरीय बनाउनतर्फ लागेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताए। उनले पछिल्लो समय कक्षा ११ मा विद्यार्थीको चाप बढेपछि विद्यालय भवनसमेत आवश्यक परेको बताउछन्।

“वर्षौँसम्म भौतिक संरचना अभावमा विद्यार्थीलाई कहिले खुला चौरमा, कहिले जीर्ण भवनमा राखेर पठनपाठन गरायौँ, जोखिममै विद्यालय सञ्चालन गर्न बाध्य भयौँ, केही वर्ष अघिसम्म पर्याप्त विद्यालय भवन थिएन, पुराना र जीर्ण भवनमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो, अहिले विभिन्न सङ्घसंस्था र सरकारको सहयोगमा भवन निर्माण भएका छन्, निकै सहज भएको छ”, आचार्यले भने, “अहिले भवन करिब–करिब अन्तिम चरणमा पुगेको छ, चारकोठे भवन बन्दै छ, यो बनिसक्यो भने भौतिक संरचानमा हामी कमजोर हुने छैनौँ, अहिले विद्यार्थीको चाप पनि बेढेको छ ।”

आचार्यले भौतिक संरचनाको पर्याप्ततासँगै अब गुणस्तरीय शिक्षा प्रदानतर्फ जोड दिन थालेको बताए। नयाँ–नयाँ प्रविधिको विकाससँगै शिक्षहरूलाई पनि सोहीअनुसारको तालिम प्रशिक्षण दिएर शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन थालेको आचार्यको भनाइ छ । “भौतिक संरचनाको विकाससँगै हामी अब कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौँ भन्नेतर्फ केन्द्रित भएका छौँ, अहिलेसम्म भवन अभाव थियो, अब त्यति धेरै समस्या नहोला, विद्यार्थीको चाप पनि बढेकै छ, विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर शिक्षालाई प्रविधिसँग पनि जोडेर जाने लक्ष्य राखेका छौँ”, प्रअ आचार्यले भने।

अहिले विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै उहाँले प्रावि तहमा पनि विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउनुुभयो । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा प्रावि तहमा एक सय ३०, आधारभूत र मावि तहमा गरी छ सय २० विद्यार्थी अध्ययनरत छन् । उनले नमूना विद्यालयका रूपमा यस विद्यालयलाई अगाडि सार्न माग गरिरहेको बताए । अहिले कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको उहाँको भनाइ छ ।

“विद्यार्थीको उत्साह निकै देखियो, यहाँ कहिल्यै पनि विद्यार्थीको कमी भएन, अहिले झन् विद्यार्थीको चाप बढेको छ, व्यवस्थापनलाई पनि हामीले चुस्त बनाएका छौँ, ११ कक्षा र साना कक्षामा देखिएको विद्यार्थीको चापले हामी पनि उत्साहित भएका छौँ”, उनले भने, “शिक्षाको गुणस्तर राम्रो भएर पनि हो कि जस्तो लागेको छ, विद्यार्थीको बाक्लो उपस्थितिले हामी पनि खुसी छौँ, अझै केही व्यवस्थापन गरिरहेका छौँ, चारकोठे भवन बनिसकेपछि हाम्रा धेरै समस्या समाधान हुने छन् ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशविक्रम शाहीले प्रभा मावि भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षाका लागि आफूहरू लागिरहेको बताए। उनले गोर्खा वेलफेयर ट्रसले १३ कोठे सुविधासम्पन्न भवन बनाइदिएपछि विद्यालयको भौतिक संरचनामा ठूलो परिवर्तन आएको भन्दै अब भौतिक संरचनामा विद्यालय कमजोर नरहेको बताए ।

“अब विद्यालय पहिलेको जस्तो भौतिक संरचनाको अभावमा गुज्रिनु पर्दैन, विभिन्न सङ्घसंस्थाको सहयोगले विद्यालय भवन निकै राम्रो बनेका छन्, अझै केही कोठा थपिँदैछन्”, अध्यक्ष शाहीले भने, “निरन्नतर प्रयास गरिरहेका छौँ, अब गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।” विद्यालयमा विज्ञानका प्रयोगशाला, कम्प्युटरलगायत अन्य आवश्यक सामग्रीको समेत व्यवस्थापन भएको अध्यक्ष शाहीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ बस दुर्घटना: छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सह...

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस...

प्रधानमन्त्री पद खेलौना होइन, ख्यालख्यालमा घोषणा गरेर हुँदैन : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्...

टिकटकर तुलसाविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा, भ्रामक सूचना नफैलाई अनुसन्धानमा आउन प्रहरीको अनुरोध

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी तुलसा अधिकारीलाई भ्रामक सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ। ...

प्रत्येक बुथमा ३० जना भोलेन्टियर खटाउन ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान बुथमा कम्तीमा ३० जना स्वयंसेव...

हुम्लामा एक किशोरी मृत फेला

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छन्। आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झु...

बालेनको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएक...

दुर्घटनाग्रस्त बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ। दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँप...

निवर्तमान एमालेकी सांसद सम्झना थपलिया रास्वपा प्रवेश

काठमाडौं। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन्। सोमबार सिरहाको गोलबजारमा आयोजित क...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE