Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

स्याङ्जामा निर्वाचित र पराजित नौ सय १५ उम्मेदवारलाई जरिवाना

खबरडबली संवाददाता

वालिङ । गतस्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने नौ सय १५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ । सोे निर्वाचनमा उम्मेदवार बनी खर्च विवरण पेश नगर्ने स्याङ्जासहित देशैभरिका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।

पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा नगरपालिकातर्फ प्रमुख–उपप्रमुखमा १७ र गाउँपालिकातर्फ अध्यक्ष–उपाध्यक्षमा २४ जनाले मत परिणाम आएको एक महिनाभित्र खर्च विवरण निर्वाचन कार्यालयमा नबुझाएपछि जरिवाना तोकिएको हो ।

त्यस्तै वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यतर्फका आठ सय ७४ जनाले खर्च विवरण नबुझाएसँगै जरिवानामा परेका र खर्च विवरण नबुझाउने सबै उम्मेदरवारको नाम र जरिवाना रकमसहित निर्वाचन अयोग नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।

जिल्लाको गल्याङ नगरपालिकामा प्रमुख–उपप्रमुख गरी पाँच, चापाकोट नगरपालिकामा पाँच, पुतलीबजार नगरपालिकामा एक, भिरकोट नगरपालिकामा तीन र वालिङ नगरपालिकामा तीन जनालाई रु चार लाख ५० हजार जरिवाना तोकेको हो ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षतर्फ अर्जुनचौपारी गाउँपालिकामा चार, आँधीखोला गाउँपालिकामा चार, कालीगण्डकी गाउँपालिकामा तीन, फेदीखोला गाउँपालिकामा दुई, बिरुवा गाउँपालिकामा पाँच र हरिनास गाउँपालिकामा छ जनालाई रु तीन लाख ५० हजार जरिवाना निर्वाचन आयोगले तोकेको छ ।

त्यसैगरी वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमध्ये गल्याङ नगरपालिकामा एक सय ३४, चापाकोट नगरपालिकामा एक सय ४१, पुतलीबजार नगरपालिकामा एक सय, भिरकोट नगरपालिकामा ८१ र वालिङ नगरपालिकामा एक सय नौ जनालाई जनही रु दुई लाख जरिवाना तोकेको छ ।

त्यस्तै गाउँपालिकाको वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यतर्फ अर्जुनचौपारी गाउँपालिकामा ४७, आँधीखोला गाउँपालिकामा ६४, कालीगण्डकी गाउँपालिकामा ३६, फेदीखोला गाउँपालिकामा २४, बिरुवा गाउँपालिकामा ६४ र हरिनास गाउँपालिकामा ७४ जनालाई जनही रु एक लाख ५० हजार जरिवाना तोकिएको छ ।

स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई कानुनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा विलम्ब गरी बुझाउनेलाई निर्वाचन आयोगको निर्णयबमोजिम गत साउन ३१ गते सात दिनभित्र स्पष्टीकरण पेश गर्न समय दिए पनि उक्त समयभित्र चित्तोबुझ्दो स्पष्टीकरणरण नआएको निर्वाचन आयोगले जनाएको छ ।

सात दिनको अवधिभित्र स्पष्टीकरण नआएको, आए पनि ढिलो गरी आएकाले जरिवानामा परेका आयोगले जनाएको छ । निर्वाचन आयोगले दिएको सात दिनको अवधिमा उम्मेदवारले आफ्नो सफाइसहितको स्पष्टीकरण पेश गरेकामा सो स्पष्टीकरणको ब्यहोरामा कानुनको जानकारी नभएको, कार्यव्यस्तताले नभ्याएको, जिल्ला बाहिर रहनुपरेको, निर्वाचन हारेपछि निर्वाचन खर्च पेश गर्नुपर्छ भन्ने थाहा नभएको, विविध कारणले पेश गर्न नसकेको, बिरामी परेकोलगायतका विषय स्पष्टीकरणमा उल्लेख गरिएको र उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको पाइएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending