वालिङ । गतस्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने नौ सय १५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ । सोे निर्वाचनमा उम्मेदवार बनी खर्च विवरण पेश नगर्ने स्याङ्जासहित देशैभरिका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।
पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा नगरपालिकातर्फ प्रमुख–उपप्रमुखमा १७ र गाउँपालिकातर्फ अध्यक्ष–उपाध्यक्षमा २४ जनाले मत परिणाम आएको एक महिनाभित्र खर्च विवरण निर्वाचन कार्यालयमा नबुझाएपछि जरिवाना तोकिएको हो ।
त्यस्तै वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यतर्फका आठ सय ७४ जनाले खर्च विवरण नबुझाएसँगै जरिवानामा परेका र खर्च विवरण नबुझाउने सबै उम्मेदरवारको नाम र जरिवाना रकमसहित निर्वाचन अयोग नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।
जिल्लाको गल्याङ नगरपालिकामा प्रमुख–उपप्रमुख गरी पाँच, चापाकोट नगरपालिकामा पाँच, पुतलीबजार नगरपालिकामा एक, भिरकोट नगरपालिकामा तीन र वालिङ नगरपालिकामा तीन जनालाई रु चार लाख ५० हजार जरिवाना तोकेको हो ।
त्यस्तै गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षतर्फ अर्जुनचौपारी गाउँपालिकामा चार, आँधीखोला गाउँपालिकामा चार, कालीगण्डकी गाउँपालिकामा तीन, फेदीखोला गाउँपालिकामा दुई, बिरुवा गाउँपालिकामा पाँच र हरिनास गाउँपालिकामा छ जनालाई रु तीन लाख ५० हजार जरिवाना निर्वाचन आयोगले तोकेको छ ।
त्यसैगरी वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमध्ये गल्याङ नगरपालिकामा एक सय ३४, चापाकोट नगरपालिकामा एक सय ४१, पुतलीबजार नगरपालिकामा एक सय, भिरकोट नगरपालिकामा ८१ र वालिङ नगरपालिकामा एक सय नौ जनालाई जनही रु दुई लाख जरिवाना तोकेको छ ।
त्यस्तै गाउँपालिकाको वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यतर्फ अर्जुनचौपारी गाउँपालिकामा ४७, आँधीखोला गाउँपालिकामा ६४, कालीगण्डकी गाउँपालिकामा ३६, फेदीखोला गाउँपालिकामा २४, बिरुवा गाउँपालिकामा ६४ र हरिनास गाउँपालिकामा ७४ जनालाई जनही रु एक लाख ५० हजार जरिवाना तोकिएको छ ।
स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई कानुनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा विलम्ब गरी बुझाउनेलाई निर्वाचन आयोगको निर्णयबमोजिम गत साउन ३१ गते सात दिनभित्र स्पष्टीकरण पेश गर्न समय दिए पनि उक्त समयभित्र चित्तोबुझ्दो स्पष्टीकरणरण नआएको निर्वाचन आयोगले जनाएको छ ।
सात दिनको अवधिभित्र स्पष्टीकरण नआएको, आए पनि ढिलो गरी आएकाले जरिवानामा परेका आयोगले जनाएको छ । निर्वाचन आयोगले दिएको सात दिनको अवधिमा उम्मेदवारले आफ्नो सफाइसहितको स्पष्टीकरण पेश गरेकामा सो स्पष्टीकरणको ब्यहोरामा कानुनको जानकारी नभएको, कार्यव्यस्तताले नभ्याएको, जिल्ला बाहिर रहनुपरेको, निर्वाचन हारेपछि निर्वाचन खर्च पेश गर्नुपर्छ भन्ने थाहा नभएको, विविध कारणले पेश गर्न नसकेको, बिरामी परेकोलगायतका विषय स्पष्टीकरणमा उल्लेख गरिएको र उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको पाइएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: