Khabar Dabali ११ आश्विन २०७९ मंगलवार | 27th September, 2022 Tue

टेलिकमले भोलिदेखि निःशुल्क इ–सिम वितरण गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। 

हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ । इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । 

यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिने प्रवक्ता अधिकारीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

रसुवा । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्ररूपले अगाडि बढेको छ । एक सय ११ मेगावाट विद्य...

मनास्लु हिमपहिरा अपडेटः एक जनाको मृत्यु, १० को सकुशल उद्धार

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुश...

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप...

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप...

तीन पटक कालोसूचीमा परेकाको अनुमतिपत्र रद्द हुने कानुन आवश्यक छः मन्त्री राई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवस...

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : मन्त्री खापुङ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल ...

स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने सरकारको निर्णयको स्वागत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन सरकारले गरेको निर्णयको स्वागत गरेको छ । यहाँ ...

हिमपहिरामा परेका चार जनाको उद्धार

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्...

चाडपर्वमा पत्रकारका सेवासुविधा उपलब्ध गराउन श्रमजीवी–पत्रकार सङ्घको आग्रह

काठमाडौं । श्रमजीवी–पत्रकार सङ्घले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । सङ्घद...

सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी

काठमाडौँ । नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोट...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page