Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’सुरु गर्ने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ सुरु गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रममा उत्पादनमा वृद्धि स् मुलुकको विकास र समृद्धि विशेष अभियान दशक, २०७९/८९ घोषणा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । 

उक्त कार्यक्रको अवधारणा–पत्र सम्बन्धमा मन्त्रालयद्वारा आज आयोजित अन्तरक्रियामा मन्त्री दिलेन्द्रप्रसाद बडूले खासगरी उद्योगको क्षेत्रबाट मुलुक आयातमा निर्भर बन्दै गइरहेको अवस्थामा निर्यात अपेक्षाअनुसार बढाउन नसकिरहेको अवस्थमा र आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्नका  ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ लाई कार्यान्वयनका ल्याउने तयारी भइरहेको जानकारी दिए। 

उनले भने, “हामीले आफ्नो मुलुकको उद्योगलाई व्यापकरुपमा बढाउन सकेनौँ, रोजगारीका अवसर सिर्जना गर्न सकेनौँ र हाम्रा उत्पादित वस्तुको उपभोग पनि गर्न सकेनौँ भने आयातलाई हामीले रोक्न सक्दैनौँ, त्यसैले क्रमशः आयातलाई प्रतिस्थापन गर्ने रणनीतिमा जान सकेनौँ भने मुलुकको अर्थतन्त्र उकास्न सकिँदैन, यो निष्कर्षसहित उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रमको योजना बनाइएको हो ।” 

मुलुकको अर्थतन्त्र सुधारका लागि उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम प्रभावकारी हुने बताउँदै उहाँले त्यसलाई विशेष अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मन्त्री बडूले कार्यक्रमलाई सफल बनाउँदै अगाडि बढाउन र उत्पादन बढाउनका निमित्त कृषि मन्त्रालय र अन्य मन्त्रालयको पनि विषय भएकाले स्पष्ट सुझावसहित समन्वयका आधारमा अगाडि बढ्ने बताए । ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ ले कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान हालको पाँच÷सात प्रतिशतबाट दश वर्षभित्र १५ प्रतिशत पु¥यो र उपभोग्य वस्तुको आयात क्रमशः घटाउँदै नेपाली उत्पादन र उपभोगमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।  

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्पष्ट नीति बनाएर आगामी चार÷पाँच वर्षमा आयातलाई रोक्ने र निर्यातलाई बढवा दिने गरी सम्बन्धित निकायको सल्लाह र सुझावको आधारमा कार्यक्रम अगाडि बढाउन सुझाव दिनुभयो । आयातलाई कम गर्नको लागि उत्पादन बढाउनुका साथै चोरी पैठारीबाट आउने सामानलाई रोक्नुपर्ने उहाँको भनाइ छ । 

सांसद प्रमोद यादवले निर्यात बढाउनको निम्ति सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । सरकारका पूर्वमुख्य सचिव विमल कोइरालाले मुलुक आर्थिकरुपमा आत्मनिर्भर बन्नको निम्ति सरकारले स्वदेशी उद्योगलाई प्राथमिकता दिएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो । अर्थमन्त्रालयका पूर्वसचिव रामेश्वर खनालले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने धारणा राख्नुभयो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आ...

कांग्रेस बैठक सुरु, सभापति थापा अनुपस्थित

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भ...

कांग्रेस संसदीय दलको नेतामा केसीको दाबी, सहमतिमै टुंगो लागोस् भन्ने चाहना

काठमाडौं। अर्जुननरसिंह केसीले नेपाली कांग्रेस को संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: