Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’सुरु गर्ने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ सुरु गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रममा उत्पादनमा वृद्धि स् मुलुकको विकास र समृद्धि विशेष अभियान दशक, २०७९/८९ घोषणा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । 

उक्त कार्यक्रको अवधारणा–पत्र सम्बन्धमा मन्त्रालयद्वारा आज आयोजित अन्तरक्रियामा मन्त्री दिलेन्द्रप्रसाद बडूले खासगरी उद्योगको क्षेत्रबाट मुलुक आयातमा निर्भर बन्दै गइरहेको अवस्थामा निर्यात अपेक्षाअनुसार बढाउन नसकिरहेको अवस्थमा र आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्नका  ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ लाई कार्यान्वयनका ल्याउने तयारी भइरहेको जानकारी दिए। 

उनले भने, “हामीले आफ्नो मुलुकको उद्योगलाई व्यापकरुपमा बढाउन सकेनौँ, रोजगारीका अवसर सिर्जना गर्न सकेनौँ र हाम्रा उत्पादित वस्तुको उपभोग पनि गर्न सकेनौँ भने आयातलाई हामीले रोक्न सक्दैनौँ, त्यसैले क्रमशः आयातलाई प्रतिस्थापन गर्ने रणनीतिमा जान सकेनौँ भने मुलुकको अर्थतन्त्र उकास्न सकिँदैन, यो निष्कर्षसहित उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रमको योजना बनाइएको हो ।” 

मुलुकको अर्थतन्त्र सुधारका लागि उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम प्रभावकारी हुने बताउँदै उहाँले त्यसलाई विशेष अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मन्त्री बडूले कार्यक्रमलाई सफल बनाउँदै अगाडि बढाउन र उत्पादन बढाउनका निमित्त कृषि मन्त्रालय र अन्य मन्त्रालयको पनि विषय भएकाले स्पष्ट सुझावसहित समन्वयका आधारमा अगाडि बढ्ने बताए । ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोक्ता अभिवृद्धि कार्यक्रम’ ले कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान हालको पाँच÷सात प्रतिशतबाट दश वर्षभित्र १५ प्रतिशत पु¥यो र उपभोग्य वस्तुको आयात क्रमशः घटाउँदै नेपाली उत्पादन र उपभोगमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।  

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्पष्ट नीति बनाएर आगामी चार÷पाँच वर्षमा आयातलाई रोक्ने र निर्यातलाई बढवा दिने गरी सम्बन्धित निकायको सल्लाह र सुझावको आधारमा कार्यक्रम अगाडि बढाउन सुझाव दिनुभयो । आयातलाई कम गर्नको लागि उत्पादन बढाउनुका साथै चोरी पैठारीबाट आउने सामानलाई रोक्नुपर्ने उहाँको भनाइ छ । 

सांसद प्रमोद यादवले निर्यात बढाउनको निम्ति सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । सरकारका पूर्वमुख्य सचिव विमल कोइरालाले मुलुक आर्थिकरुपमा आत्मनिर्भर बन्नको निम्ति सरकारले स्वदेशी उद्योगलाई प्राथमिकता दिएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो । अर्थमन्त्रालयका पूर्वसचिव रामेश्वर खनालले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने धारणा राख्नुभयो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

एलिमिनेटरमा काठमान्डुले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन अन्तर्र...

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...

खानेपानीको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...

अध्यक्ष लिङ्देनको प्रस्ताव: विगतका उपलब्धि सुरक्षित गर्दै नयाँ मौलिक व्यवस्था निर्माण गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ: प्रधामन्त्री कार्की

बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।  ...

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending