Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गुमेको भूभाग फिर्ता गर्न पूर्वी युक्रेनमा रुसी सेनामाथि आक्रमण गर्ने तयारी

अझै छन् गोलाबारुदले क्षतविक्षत गाउँमा केही मानिस

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनमा सरकारी फौजले हिउँद लाग्नुअगाडि नै रुसी सेनालाई कमजोर पार्ने प्रयास गरिरहेका छन्। 

दक्षिण युक्रेनमा प्रत्याक्रमण सुरु भइसकेको छ र युक्रेनीहरूले त्यसलाई पूर्वतर्फ केन्द्रित गर्दै डोन्बासमा र उत्तरतर्फ खार्किभनजिकै गुमेको भूमि फिर्ता पाउने प्रयास गरेका छन्। 

बीबीसीका क्वेन्टिन समर्भिल र क्यामरा-जर्नलिस्ट ड्यारन कोन्वेलाई युक्रेनी सैनिकहरूको एउटा एकाइमा विशेष पहुँच दिइएको थियो। 

हावामा जलिरहेको सूर्यमुखीको गन्ध छ। अनि रुसले प्रहार गरेका क्लस्टर बम खस्दा खेतबाट पट-पट-पट आवाज आइरहेको छ। काट्ने बेला भइसकेको बालीमा बम खसेपछि आगो लाग्छ।

खेतमा स्वचालित बन्दुकको गर्जन सुनिन्छ अनि डोन्बासको उर्वर भूमि कोतर्दै ट्याङ्क गुड्छ। पूर्वी युक्रेनको यो स्थान न्याश्नल गार्डको नियन्त्रणमा छ। यो भूमि आफ्नो भएको दाबी गर्दै भ्लादिमिर पुटिनले युद्ध सुरु गरेका थिए। पुटिनले चरणबद्ध रूपमा यो भूमिलाई आफ्नो नियन्त्रणमा लिने उद्घोष गरेका थिए। तर अहिलेका लागि रुसको गति निकै मन्द भएको छ।

धुवाँ र धुलोबाहेक यहाँको हावामा अर्को कुरा पनि छ। अपेक्षा। यहाँ डोन्बासमा र अझ उत्तरतर्फ युक्रेनको दोस्रो ठूलो सहर खार्किभको बाह्य भागमा युक्रेनी सैनिकहरू प्रत्याक्रमणका लागि तयार भएर बसेका छन्। 

सैनिक आधारबाहिर

मैले केही समयअघि मात्र दक्षिणमा खेअर्सननजिकै सैनिकहरू भएको ठाउँ छोडेको थिएँ। रणनीतिक रूपले महत्त्वपूर्ण ड्नीप्रो नदीको पश्चिमतर्फ रुसी सेनाले कब्जा गरेको यो एक मात्र सहर थियो। 

दक्षिणमा लामो समयदेखि योजना गरिएको प्रत्याक्रमणअन्तर्गत कम्तीमा तीन ठाउँमा रुसी घेरा नाघेर आएको फौजलाई सघाउँदै अहिले तिनै सैनिकहरू लडाइँ गर्दै छन्। 

सैन्य अभियान चलिरहँदा युक्रेनले रिपोर्टिङ गर्न कडा प्रतिबन्ध लगाएको छ। यहाँ डोन्बासमा कसैले केही कुरा गर्दैन। मलाई गन्तव्यबारे अग्रीम जानकारी थिएन।

अनि एक सैन्य अधिकारीले मलाई रेजिमेन्टको नाम उल्लेख नगर्न भने। हामीले भिडिओ खिच्ने बेलामा उनी मानिसहरूको नाम लेखिएको पट्टी हटाइदिए।

त्यहाँको सैन्य आधारमा बमवर्षा भइरहँदा ३५ वर्षीय आर्टियोमले रूखको आड लिएर हामी रुसी अग्ररेखाभन्दा आठ किलोमिटर पर सिभेर्स्कको उत्तरतर्फ रहेको बताए। 

आमुन्नेसामुन्ने

"तपाईँहरू उनीहरूको कति नजिक पुग्नुहुन्छ?" मैले सोधेँ। "तीस मिटर," उनले उत्तर दिए, "के तपाईँ हेर्न चाहनुहुन्छ?"

ती सबै रक्षात्मक स्थान हुन्। तर खेअर्सन छेउछाउको सफलताले धेरैलाई यहाँ र अझ उत्तरतिर थप आक्रमणको योजना बनेको छ भन्ने लाग्छ।

त्यसपछि मलाई स्भारोग नाम गरेका अर्का सैनिकको जिम्मा लगाइयो। उनले दाह्री पालेका थिए तर २६ वर्षको भए पनि उनको अनुहार कलिलो देखिन्थ्यो।

"दाह्रीबिना त म १८ वर्षको देखिन्छु," उनले हाँस्दै भने। उनी डोन्बासमा पहिला पनि खटिएका थिए। छ महिनाको लडाइँको अनुभवले उनलाई कठोर बनाएको छ।

उनको फौजले जुलाईमा लुश्चान्स्क र सिभेरोडोनेत्स्कनजिकै निकै गाह्रो लडाइँ गर्‍यो। त्यतिबेला उनीहरूसँग रुसी सैनिकको तुलनामा निकै कम थियो।

यहाँको लडाइँ भिन्न छ। "उनीहरू त्यति ठूलो सङ्ख्यामा आउँदैन्," स्भारोगले भने। "अब उनीहरू बटालियनले नै लिएर हिँड्दैनन् - उनीहरू प्लाटुनमा, टुकडीमा अघि बढ्छन्।"

एकजना यूनिट कम्यान्डरले यतिखेर मैदानमा प्रत्येक तीन शत्रुका लागि एक युक्रेनी सैनिक भएको बताए। सिभेरोडोनेत्स्कमा सात जना बराबर एक युक्रेनी सैनिक थिए।

मलाई हिँडाएर सबैभन्दा अगाडिको स्थानमा लगियो। केही पर बमवारी जारी थियो। बरु त्यहाँ तत्कालका लागि अर्को ठूलो जोखिम थियो - सैनिकहरूलाई लक्ष्य गरी बनाइएका बारुदी धराप। हिलाम्मे बाटोमा हिँड्दै नदीतिर जाँदा मैले त्यस्ता पाँचवटा धराप गन्न सकेँ।

नदीको किनारमा हामी तारबार गरिएको खाडलहरूको एउटा सञ्जालतर्फ लाग्यौँ र मलाई सुसेल्न भनियो। त्यहाँ अवलोकन चौकी थियो तर त्यहाँ निकै हतियारहरू थिए।

"रुसीहरू कहाँ छन्?" मैले ती सैनिकलाई सोधेँ। उनले खोलाको पारिपट्टि देखाए, त्यस्तै ३० मिटरजति पर।  नजिकै रुसी रकेट खसेर परेका खाल्डाहरू थिए। 

त्यो लडाइँ गर्ने ठाउँ नभएर अवलोकन गर्ने ठाउँ भएको मलाई बताइयो। "तर यदि त्यहाँ जोखिम देखियो र उनीहरूले नदी गरेर हाम्रोतिर आउन खोजे भने हामी गोलाबारी सुरु गर्छौँ," ती सैनिकले भने। 

गाउँमा केही मानिस अझै छन्

नजिकै रहेको एउटा युक्रेनी गाउँ गोलाबारुदले क्षतविक्षत भएको छ। त्यहाँका अधिकांश मानिसहरू गाउँ छोडेर अन्यत्र गइसकेका छन्।

त्यहाँ मेरो ६५ वर्षीय सर्जी र उनको कुकुर मुहासँग भेट भयो। मैले उनलाई किन गाउँ नछोडेको भनेर स्वाभाविक प्रश्न सोधेँ। "मेरा आमाबुवा यही घरमा बसे र यहीँ जीवन गुमाए," उनले भने। 

"म कहीँ जान सक्दिनँ। मैले मेरी श्रीमतीलाई अन्यत्र पठाएँ र यहाँ एक्लै बसिरहेको छु। सबै कुरा ठिक छ, मसँग खानेकुरा र सानो खेत छ। कुकुर भोको हुँदैन।"

सर्जी युक्रेनी हुनुमा आफूलाई गर्व लागेको बताउँछन्। तर उनी "राष्ट्रवादी" होइनन्। युक्रेन र युक्रेनी सेनामा उनको विश्वास कायम छ।

तर यहाँ अरू मानिस दोधारमा छन्। स्भारोगको यूनिका अनुसार किएभ आसपास लडाइँ हुँदा उनीहरूले भेटेका केही मानिसमा निष्ठा विभाजित भएको देखिएको थियो।

आक्रोश र आशा

म उनका सहकर्मीसँग ध्वस्त बनेको अर्को गाउँको सडकमा हिँडिरहेको थिएँ। उनीहरूले हतियार बोकेका थिए र हेल्मेट र कवच लगाएका थिए। तर आकाशबाट बमवारी भइरहेको थियो। 

हामीलाई अङ्गुर र गुलाफका हाँगाहरूले भरिएको एउटा आँगनमा निम्त्याइयो। त्यहाँ मानिसहरू परिवारहरू युद्ध नभए झैँ गरेर काम गरिरहेका थिए। 

पैँतीस वर्षीया शिक्षिका जुलियालाई त्रासमा जीवन व्यतीत गर्नुपर्दाको अनुभवबारे सोध्दा उनी हाँसिन्। 

"अनुमान गर्नुहोस् त युद्ध भएको र २४ घण्टाभित्र सामान बोकेर घर छाड्नुपर्दाको अवस्था," उनले प्रतिप्रश्न गरिन्। "पूरा जीवन खर्चेर बनाएको कुरामा तपाईँ मजस्तै टाँसिएर बस्नुहुनेछ।"

उनकी बहिनी लिलिया नजिकै बसिन्। म पुगेको दिन उनको उन्नाइसौँ जन्मदिन परेको थियो। 

उनले आफ्नो नाडीमा ल्याटिन भाषामा एउटा शब्दावली लेखेकी थिइन् जसको अर्थ "परिश्रमको फल मिठो हुन्छ"।

उनीहरूका बुबाले वार्ता गर्न असफल भएकामा युक्रेनी सरकारप्रति आक्रोश व्यक्त गरे। "उनीहरू वार्ताको टेबलमा बसेर एउटा सम्झौतामा आउनुपर्छ। यसरी अघि बढिरहनु ठिक होइन," उनले भने।

जुलिया त्यसमा असहमत छिन्। बिस्तारै उनले भनिन्, "हामीले बुझेका छौँ र तर्क कायम रहनेछ भन्ने हामीलाई लाग्छ। हामी एक वा दुई महिना अग्रमोर्चा समान हुनका लागि पर्खिनेछौँ र यहाँ कुराहरू फेरि ठिक हुनेछ।" 

हास्यचेत

केही दिनपछि मैले दक्षिणको यात्रा गरेँ। त्यहाँ मेरो सैन्य चिकित्सक रुस्लानसँग भेट भयो।

दिनहुँजसो युद्धमा मानिसहरूको मृत्यु भएको देखे पनि उनको हास्यचेत हटेको छैन। उनीसँग एउटा गाउँमा भेट गर्ने निधो हुँदा मैले उनलाई कसरी फेला पार्ने भनेर सोधेँ।

"एम्बुलेन्स हेर्दै गर्नू, तपाईँले बिराउनुहुन्न," उनले भने। उनले भने जस्तै गाडी गाउँको बस बिसौनीमा आइपुग्यो - घरमा बनाइएको जालीले छोपिएको। हामी उनीसँगै घाइते सैनिकहरूको जीवनरक्षा गर्न तत्काल उपचार गरिने एउटा चौकीमा पुग्यौँ।

त्यहाँको क्लिनिकमा धेरै सामानहरू छन्। रुस्लानले विदेशी दाताहरूलाई धन्यवाद दिए। युक्रेनी सेनाका प्रमुखले युद्ध सुरु भएपछि ९,००० जति सैनिकको मृत्यु भएको बताएका छन्। 

सैन्य यूनिटमा भएको क्षति र घाइतेहरूसँग सम्बन्धित जानकारी गोप्य राखिन्छ। युक्रेनी तोपहरू हामी भएको ठाउँवरपर सबैतिरबाट चलिरहेका थिए।

अपेक्षा

विभिन्न शक्तिशाली नयाँ हतियारले युक्रेनलाई दक्षिणमा आक्रमण गर्ने आधार बनाइदिएको हो। पूर्वमा पनि त्यसै गर्न सकिने उनीहरूको अपेक्षा छ।

हामीले अग्रमोर्चा छोड्दा अँध्यारो भइसकेको थियो तर क्षितिजमा बिजुली चम्किएको थियो। खराब मौसम आउन लागेको छ। गर्मीयाम सकिन लागेको छ अनि अब युद्ध गर्ने अवस्था बिग्रिनेछ।

हिउँदमा पर्ने बाक्लो हिउँका कारण युद्ध गर्ने ठाउँ पनि फेरिनेछ। तर अहिलेका लागि यहाँको हावामा अरू केही कुरा छ - महिनौँको गतिरोधपछिको एउटा अपेक्षा। युक्रेन अब प्रत्याक्रमण गर्न सक्ने अवस्थामा छ भन्ने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending