Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गुमेको भूभाग फिर्ता गर्न पूर्वी युक्रेनमा रुसी सेनामाथि आक्रमण गर्ने तयारी

अझै छन् गोलाबारुदले क्षतविक्षत गाउँमा केही मानिस

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनमा सरकारी फौजले हिउँद लाग्नुअगाडि नै रुसी सेनालाई कमजोर पार्ने प्रयास गरिरहेका छन्। 

दक्षिण युक्रेनमा प्रत्याक्रमण सुरु भइसकेको छ र युक्रेनीहरूले त्यसलाई पूर्वतर्फ केन्द्रित गर्दै डोन्बासमा र उत्तरतर्फ खार्किभनजिकै गुमेको भूमि फिर्ता पाउने प्रयास गरेका छन्। 

बीबीसीका क्वेन्टिन समर्भिल र क्यामरा-जर्नलिस्ट ड्यारन कोन्वेलाई युक्रेनी सैनिकहरूको एउटा एकाइमा विशेष पहुँच दिइएको थियो। 

हावामा जलिरहेको सूर्यमुखीको गन्ध छ। अनि रुसले प्रहार गरेका क्लस्टर बम खस्दा खेतबाट पट-पट-पट आवाज आइरहेको छ। काट्ने बेला भइसकेको बालीमा बम खसेपछि आगो लाग्छ।

खेतमा स्वचालित बन्दुकको गर्जन सुनिन्छ अनि डोन्बासको उर्वर भूमि कोतर्दै ट्याङ्क गुड्छ। पूर्वी युक्रेनको यो स्थान न्याश्नल गार्डको नियन्त्रणमा छ। यो भूमि आफ्नो भएको दाबी गर्दै भ्लादिमिर पुटिनले युद्ध सुरु गरेका थिए। पुटिनले चरणबद्ध रूपमा यो भूमिलाई आफ्नो नियन्त्रणमा लिने उद्घोष गरेका थिए। तर अहिलेका लागि रुसको गति निकै मन्द भएको छ।

धुवाँ र धुलोबाहेक यहाँको हावामा अर्को कुरा पनि छ। अपेक्षा। यहाँ डोन्बासमा र अझ उत्तरतर्फ युक्रेनको दोस्रो ठूलो सहर खार्किभको बाह्य भागमा युक्रेनी सैनिकहरू प्रत्याक्रमणका लागि तयार भएर बसेका छन्। 

सैनिक आधारबाहिर

मैले केही समयअघि मात्र दक्षिणमा खेअर्सननजिकै सैनिकहरू भएको ठाउँ छोडेको थिएँ। रणनीतिक रूपले महत्त्वपूर्ण ड्नीप्रो नदीको पश्चिमतर्फ रुसी सेनाले कब्जा गरेको यो एक मात्र सहर थियो। 

दक्षिणमा लामो समयदेखि योजना गरिएको प्रत्याक्रमणअन्तर्गत कम्तीमा तीन ठाउँमा रुसी घेरा नाघेर आएको फौजलाई सघाउँदै अहिले तिनै सैनिकहरू लडाइँ गर्दै छन्। 

सैन्य अभियान चलिरहँदा युक्रेनले रिपोर्टिङ गर्न कडा प्रतिबन्ध लगाएको छ। यहाँ डोन्बासमा कसैले केही कुरा गर्दैन। मलाई गन्तव्यबारे अग्रीम जानकारी थिएन।

अनि एक सैन्य अधिकारीले मलाई रेजिमेन्टको नाम उल्लेख नगर्न भने। हामीले भिडिओ खिच्ने बेलामा उनी मानिसहरूको नाम लेखिएको पट्टी हटाइदिए।

त्यहाँको सैन्य आधारमा बमवर्षा भइरहँदा ३५ वर्षीय आर्टियोमले रूखको आड लिएर हामी रुसी अग्ररेखाभन्दा आठ किलोमिटर पर सिभेर्स्कको उत्तरतर्फ रहेको बताए। 

आमुन्नेसामुन्ने

"तपाईँहरू उनीहरूको कति नजिक पुग्नुहुन्छ?" मैले सोधेँ। "तीस मिटर," उनले उत्तर दिए, "के तपाईँ हेर्न चाहनुहुन्छ?"

ती सबै रक्षात्मक स्थान हुन्। तर खेअर्सन छेउछाउको सफलताले धेरैलाई यहाँ र अझ उत्तरतिर थप आक्रमणको योजना बनेको छ भन्ने लाग्छ।

त्यसपछि मलाई स्भारोग नाम गरेका अर्का सैनिकको जिम्मा लगाइयो। उनले दाह्री पालेका थिए तर २६ वर्षको भए पनि उनको अनुहार कलिलो देखिन्थ्यो।

"दाह्रीबिना त म १८ वर्षको देखिन्छु," उनले हाँस्दै भने। उनी डोन्बासमा पहिला पनि खटिएका थिए। छ महिनाको लडाइँको अनुभवले उनलाई कठोर बनाएको छ।

उनको फौजले जुलाईमा लुश्चान्स्क र सिभेरोडोनेत्स्कनजिकै निकै गाह्रो लडाइँ गर्‍यो। त्यतिबेला उनीहरूसँग रुसी सैनिकको तुलनामा निकै कम थियो।

यहाँको लडाइँ भिन्न छ। "उनीहरू त्यति ठूलो सङ्ख्यामा आउँदैन्," स्भारोगले भने। "अब उनीहरू बटालियनले नै लिएर हिँड्दैनन् - उनीहरू प्लाटुनमा, टुकडीमा अघि बढ्छन्।"

एकजना यूनिट कम्यान्डरले यतिखेर मैदानमा प्रत्येक तीन शत्रुका लागि एक युक्रेनी सैनिक भएको बताए। सिभेरोडोनेत्स्कमा सात जना बराबर एक युक्रेनी सैनिक थिए।

मलाई हिँडाएर सबैभन्दा अगाडिको स्थानमा लगियो। केही पर बमवारी जारी थियो। बरु त्यहाँ तत्कालका लागि अर्को ठूलो जोखिम थियो - सैनिकहरूलाई लक्ष्य गरी बनाइएका बारुदी धराप। हिलाम्मे बाटोमा हिँड्दै नदीतिर जाँदा मैले त्यस्ता पाँचवटा धराप गन्न सकेँ।

नदीको किनारमा हामी तारबार गरिएको खाडलहरूको एउटा सञ्जालतर्फ लाग्यौँ र मलाई सुसेल्न भनियो। त्यहाँ अवलोकन चौकी थियो तर त्यहाँ निकै हतियारहरू थिए।

"रुसीहरू कहाँ छन्?" मैले ती सैनिकलाई सोधेँ। उनले खोलाको पारिपट्टि देखाए, त्यस्तै ३० मिटरजति पर।  नजिकै रुसी रकेट खसेर परेका खाल्डाहरू थिए। 

त्यो लडाइँ गर्ने ठाउँ नभएर अवलोकन गर्ने ठाउँ भएको मलाई बताइयो। "तर यदि त्यहाँ जोखिम देखियो र उनीहरूले नदी गरेर हाम्रोतिर आउन खोजे भने हामी गोलाबारी सुरु गर्छौँ," ती सैनिकले भने। 

गाउँमा केही मानिस अझै छन्

नजिकै रहेको एउटा युक्रेनी गाउँ गोलाबारुदले क्षतविक्षत भएको छ। त्यहाँका अधिकांश मानिसहरू गाउँ छोडेर अन्यत्र गइसकेका छन्।

त्यहाँ मेरो ६५ वर्षीय सर्जी र उनको कुकुर मुहासँग भेट भयो। मैले उनलाई किन गाउँ नछोडेको भनेर स्वाभाविक प्रश्न सोधेँ। "मेरा आमाबुवा यही घरमा बसे र यहीँ जीवन गुमाए," उनले भने। 

"म कहीँ जान सक्दिनँ। मैले मेरी श्रीमतीलाई अन्यत्र पठाएँ र यहाँ एक्लै बसिरहेको छु। सबै कुरा ठिक छ, मसँग खानेकुरा र सानो खेत छ। कुकुर भोको हुँदैन।"

सर्जी युक्रेनी हुनुमा आफूलाई गर्व लागेको बताउँछन्। तर उनी "राष्ट्रवादी" होइनन्। युक्रेन र युक्रेनी सेनामा उनको विश्वास कायम छ।

तर यहाँ अरू मानिस दोधारमा छन्। स्भारोगको यूनिका अनुसार किएभ आसपास लडाइँ हुँदा उनीहरूले भेटेका केही मानिसमा निष्ठा विभाजित भएको देखिएको थियो।

आक्रोश र आशा

म उनका सहकर्मीसँग ध्वस्त बनेको अर्को गाउँको सडकमा हिँडिरहेको थिएँ। उनीहरूले हतियार बोकेका थिए र हेल्मेट र कवच लगाएका थिए। तर आकाशबाट बमवारी भइरहेको थियो। 

हामीलाई अङ्गुर र गुलाफका हाँगाहरूले भरिएको एउटा आँगनमा निम्त्याइयो। त्यहाँ मानिसहरू परिवारहरू युद्ध नभए झैँ गरेर काम गरिरहेका थिए। 

पैँतीस वर्षीया शिक्षिका जुलियालाई त्रासमा जीवन व्यतीत गर्नुपर्दाको अनुभवबारे सोध्दा उनी हाँसिन्। 

"अनुमान गर्नुहोस् त युद्ध भएको र २४ घण्टाभित्र सामान बोकेर घर छाड्नुपर्दाको अवस्था," उनले प्रतिप्रश्न गरिन्। "पूरा जीवन खर्चेर बनाएको कुरामा तपाईँ मजस्तै टाँसिएर बस्नुहुनेछ।"

उनकी बहिनी लिलिया नजिकै बसिन्। म पुगेको दिन उनको उन्नाइसौँ जन्मदिन परेको थियो। 

उनले आफ्नो नाडीमा ल्याटिन भाषामा एउटा शब्दावली लेखेकी थिइन् जसको अर्थ "परिश्रमको फल मिठो हुन्छ"।

उनीहरूका बुबाले वार्ता गर्न असफल भएकामा युक्रेनी सरकारप्रति आक्रोश व्यक्त गरे। "उनीहरू वार्ताको टेबलमा बसेर एउटा सम्झौतामा आउनुपर्छ। यसरी अघि बढिरहनु ठिक होइन," उनले भने।

जुलिया त्यसमा असहमत छिन्। बिस्तारै उनले भनिन्, "हामीले बुझेका छौँ र तर्क कायम रहनेछ भन्ने हामीलाई लाग्छ। हामी एक वा दुई महिना अग्रमोर्चा समान हुनका लागि पर्खिनेछौँ र यहाँ कुराहरू फेरि ठिक हुनेछ।" 

हास्यचेत

केही दिनपछि मैले दक्षिणको यात्रा गरेँ। त्यहाँ मेरो सैन्य चिकित्सक रुस्लानसँग भेट भयो।

दिनहुँजसो युद्धमा मानिसहरूको मृत्यु भएको देखे पनि उनको हास्यचेत हटेको छैन। उनीसँग एउटा गाउँमा भेट गर्ने निधो हुँदा मैले उनलाई कसरी फेला पार्ने भनेर सोधेँ।

"एम्बुलेन्स हेर्दै गर्नू, तपाईँले बिराउनुहुन्न," उनले भने। उनले भने जस्तै गाडी गाउँको बस बिसौनीमा आइपुग्यो - घरमा बनाइएको जालीले छोपिएको। हामी उनीसँगै घाइते सैनिकहरूको जीवनरक्षा गर्न तत्काल उपचार गरिने एउटा चौकीमा पुग्यौँ।

त्यहाँको क्लिनिकमा धेरै सामानहरू छन्। रुस्लानले विदेशी दाताहरूलाई धन्यवाद दिए। युक्रेनी सेनाका प्रमुखले युद्ध सुरु भएपछि ९,००० जति सैनिकको मृत्यु भएको बताएका छन्। 

सैन्य यूनिटमा भएको क्षति र घाइतेहरूसँग सम्बन्धित जानकारी गोप्य राखिन्छ। युक्रेनी तोपहरू हामी भएको ठाउँवरपर सबैतिरबाट चलिरहेका थिए।

अपेक्षा

विभिन्न शक्तिशाली नयाँ हतियारले युक्रेनलाई दक्षिणमा आक्रमण गर्ने आधार बनाइदिएको हो। पूर्वमा पनि त्यसै गर्न सकिने उनीहरूको अपेक्षा छ।

हामीले अग्रमोर्चा छोड्दा अँध्यारो भइसकेको थियो तर क्षितिजमा बिजुली चम्किएको थियो। खराब मौसम आउन लागेको छ। गर्मीयाम सकिन लागेको छ अनि अब युद्ध गर्ने अवस्था बिग्रिनेछ।

हिउँदमा पर्ने बाक्लो हिउँका कारण युद्ध गर्ने ठाउँ पनि फेरिनेछ। तर अहिलेका लागि यहाँको हावामा अरू केही कुरा छ - महिनौँको गतिरोधपछिको एउटा अपेक्षा। युक्रेन अब प्रत्याक्रमण गर्न सक्ने अवस्थामा छ भन्ने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending