काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्कट एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ५४ दशमलब ९८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल दुई सय २२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर रु एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ४४ अर्ब ६२ करोड ४३ लाख ७० हजार बराबर रहेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ चार दशमलब ९८, व्यापार १० दशमलव ९४, जलविद्युत् शून्य दशमलव छ, उत्पादन २९ दशमलव ३७, अन्य शून्य दशमलव ५८, जीवन बीमा आठ दशमलव ५८ र लगानीको उपसमूहको वृद्धि नगन्य रहेको छ ।
यस्तै, होटल तथा पर्यटन ३७ दशमलव ४७, विकास बैंक १४ दशमलव ७६, वित्त छ दशमलव शून्य सात, निर्जीवन बीमा पाँच दशमलव शून्य दुई, लघुवित्त ११ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड २१ लाख ८९ हजार सात सय ३७ बराबरको कारोबार भयो । यस्तै, रिडी हाइड्रोपावर रु सात करोड ६५ लाख ९७ हजाार सात सय ४०, अपि पावर कम्पनी रु पाँच करोड ४५ लाख १० हजार पाँच सय दुई, शिवम् सिमेन्ट रु चार करोड ३७ लाख ५४ हजार तीन सय ८४, र एनआइसी एशिया लघुवित्त रु चार करोड २७ लाख १५ हजार आठ सय २४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार कारोबार भएकामध्ये तीन वटा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा रुरु जलविद्युत् परियोजना, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी रहेका छन् । यस्तै, सानिमा लार्ज क्याप फण्ड तीन दशमलव २९ र हिमालयन बैंकका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सिद्धार्थ इक्विटी फण्ड छ दशमलव ८८, एभरेष्ट बैंक पाँच दशमलव ८४, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ६७, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव शून्य एक र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले चार दशमलव शून्य नौ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: