काठमाडौँ । राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहनुभयो तर जीवनभर उहाँ माक्र्सवादी अध्ययन, चिन्तन र मननमा रमाए । उनी अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी ।
“आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैं यसमा जोड दिँदै आए । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उनको ।
वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उनलाई धेरैले आफ्ना गुरुका रुपमा मानेको तथ्य कार्लमाक्र्सको द्विशतवार्षिकका अवसरमा आयोजित कार्यक्रममा गिरीलाई प्रमुख प्रशिक्षकका रुपमा गरिएको निमन्त्रणाबाट पनि केही खुल्थ्यो । सन् २०१८ मा माक्र्सवादी अध्ययन समूहले त उहाँलाई सल्लाहकार नै राखेको थियो ।
यस आधारमा स्वर्गीय गिरी माक्र्सवादी अध्येताका रुपमा स्थापित थिए । उनको जीवनभरको विचार समूह नेपाली कांग्रेस थियो । तर गिरी काल माक्र्स र भिआइ लेनिनको बौद्धिकताप्रति कम्युनिष्टभन्दा बढी काबिल थिए । नेकपा९माओवादी केन्द्र०का नेता सुरेन्द्र कार्कीको विचारमा खास अर्थमा गिरी माक्र्सवादी थिए ।
तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई राजनीतिक मुद्दा भएको र सोही आधारमा समाधानका लागि पहल गर्नुपर्ने धारणा राख्ने मुलुकका थोरै नेतामध्ये एक थिए उनी । जुनसुकै मञ्चमा पनि गिरीले वामपन्थ र माक्र्सवादी आन्दोलनको सकारात्मक पक्षकाबारेमा धारणा राख्दै आएका थिए।
उनले आफूहरुको आन्दोलनलाई राजनीतिक विषय हो, यो आतङ्ककारी क्रियाकलाप होइन भनेर स्थापित गराउन उत्प्रेरित गर्ने काममा विशेष योगदान गर्नुभएको नेता कार्कीको भनाइ छ । दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरीले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाएको टिप्पणी गर्दै नेता कार्कीले भने, “गिरीमा भौतिक सुख भोगभन्दा बढी ज्ञानको भोक थियो ।”
दिवङ्गत नेता गिरीको सबैभन्दा अनुकरणीय विषय भनेकै उनी कोही कसैप्रति अन्धभक्त हुँदैनथिए । उनले कैयौँ सार्वजनिक कार्यक्रममा समेत सो कुरा स्पष्टरुपमा बताएका थिए । गिरीले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन तथा आध्यात्मिक सोचबारे सरल भाषामा सबैले बुझिने गरी बताउनसक्ने क्षमता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: