Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

मिडियाप्रेमी गिरीको निधनको समाचार अग्रपृष्ठमा

खबरडबली संवाददाता

काठमाडौँ ।  नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको शनिबार राति भएको निधनले सबैलाई दुखित र मर्माहत बनाएको छ भने देशले एक सच्चा र असल नेता गुमाएको छ । लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित गिरीको उपचारकै क्रममा हिजो राति ९:३० बजे ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

उनको निधनको खबरलाई राजधानीलगायत मोफसलबाट आज प्रकाशित प्रायः सम्पूर्ण पत्रपत्रिकाले पहिलो पृष्ठमा प्रमुख समाचारको रुपमा प्रकाशन गरेका छन् भने रेडियो, टेलिभिजनलगायतका सञ्चारमाध्यमले हिजो बेलुका नै समाचार सम्प्रेषण गरेका थिए । प्रायः सबैजसो अनलाइन पोर्टलहरुमा उहाँको निधनपछि राजनीतिकलगायत विभिन्न व्यक्तित्वहरुका विचार प्रकाशित छन् भने सामाजिक सञ्जालहरुमा पनि उहाँको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राजनीतिमा उहाँले देखाउनु भएको निष्ठाका विषयलाई उच्च महत्वका साथ विचार व्यक्त गरिएका छन् । 

गोरखापत्र राष्ट्रिय दैनिकले पहिलो पृष्ठमा नेता गिरीको निधन शिर्षकको समाचारमा उनको राजनीतिक जीवन यात्राको प्रसङ्ग उल्लेख गर्दै २०१७ सालदेखि नै राजनीतिमा होमिनु भएको, विभिन्न समयमा गरी चार वर्ष जेल पर्नुभएको, २०२४ सालमा भारतको वनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाउनु भएको, नेपाली कँँग्रेसको महाधिवेशनबाट पटकपटक अत्याधिक मत ल्याई केन्द्रीस्य सदस्य निर्वाचित बन्नुभएको विवरण समेटेको छ । उहाँले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। आदर्श र निष्ठावान राजनीतिको पर्याय रहनु भएका उनले कहिल्यै मन्त्री पदको लालसा नराख्नु भएको तथा राज्य पुर्नसंरचना र लोकतान्त्रिक व्यवस्था सुदृढीकरणका लागि देखाउनु भएको बाटोमा हिँड्नुपर्ने विषयमा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमको विचारलाई समावेश गरेको छ । 

कान्तिपुर राष्ट्रिय दैनिकले पनि नेता गिरीको निधनको समाचार पहिलो पृष्ठमा दीप बालेर गए प्रदीप शिर्षकमा स्केचसहितको तस्बिर प्रकाशित गरेको छ । अध्ययनमा अद्भुत, विचारमा विलक्षण र प्रस्तुतिमा प्रस्ट गिरीले अग्रजभन्दा सधैं युवातर्फ हेरे, सत्ता, समाज र व्यवस्था मात्र होइन, दलभित्र पनि निरन्तर प्रतिपक्षी आवाज बन्न ऊर्जा सञ्चार गरिरहेको प्रसङ्गलाई समाचारमा उल्लेख गरेको छ । समाचारमा नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी उहाँ कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत हुनुभएको र बनारसमा छात्र सङ्घमा चुनाव लड्दादेखि नै गिरीले बीपीको सङ्गत पाउनु भएको थियो । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उहाँले लेखेका लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । पार्टीमा समावेशीकरणका पक्षधर गिरीले नयाँ कार्यक्रम प्रस्तुत गरे, जसलाई ‘जमदम’ अर्थात ज भनेको जनजाति, म भनेको महिला, द भनेको दलित र म भनेको मधेसी रहेको विषय समाचारमा पढ्न पाइन्छ । 

समाचारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, एमाले नेता घनश्याम भुसाल र माओवादी नेता राम कार्कीलगायत विभिन्न सहकर्मीका संक्षिप्त विचार पनि समावेश गरिएको छ । प्रधानमन्त्रीले नेता गिरीको बारेमा वैचारिक र समाजवादी चिन्तक गिरीजीको निधनको खबरले आफू स्तब्ध रहेको र देशले एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ । नेता पौडेलले पदको लोभ नराखी विचारको राजनीति गर्नुभएको, कांग्रेसलाई प्रेरणा दिनुभएको बताउँदै उहाँको निधनले यो अभाव कांग्रेसले पूर्ति गर्न नसक्ने धारणा राख्नु भएको छ । त्यस्तै नेता कोइरालाले समाजवादी चिन्तक प्रदीप दाइले पु¥याएको योगदानको जति नै चर्चा गरेपनि अधुरै रहने बताउनु भएको छ । एमाले नेता भुसालले हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरी हाम्रो यात्राभरि तपाइँलाई सम्झिरहने छौँ भन्नु भएको छ भने माओवादी नेता कार्कीले माक्र्सवादको जन्म तथा विकासको पात्र, प्रवृत्ति र परिवेशलाई आलोकित पार्न सदा प्रयन्तशील गिरी भोकाहरुबीच बाँचीरहने छन् भन्नु भएको छ । 

सोही पत्रिकाले उहाँको जन्मथलो सिराहाको डेटलाइनमा आश्रममा सन्नाटा शिर्षकमा पृष्ठ ११ मा अर्को समाचार प्रकाशित गरेको छ । समाचारसँगै लहानस्थित उहाँको निवास र त्यहाँभन्दा पाँच किमी पर रहेको आश्रमको प्रतीक्षालयको तस्बिर पनि समावेश छ । भारतका जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार उहाँले २०४८÷४९ सालतिर आफैँले विरुवा रोपेर आश्रम स्थापना गर्नुभएको थियो । 

राजधानीबाटै प्रकाशित हुने अर्को राष्ट्रिय दैनिक अन्नपूर्णले आजको पहिलो पृष्ठमा समाजवादी चिन्तक गिरीको अवसान शिर्षकमा समाचार प्रकाशित गरेको छ । तस्बिरसहित प्रकाशित समाचारमा नेता गिरीको निधनप्रति पार्टी सभापति देउवालगायत विभिन्न नेताहरुले व्यक्त गर्नुभएको श्रद्धाञ्जलिका शब्दहरु तथा उहाँले राजनीतिमा खेल्नुभएको भूमिकाको चर्चा गरिएको छ । नयाँपत्रिका दैनिकले पनि अस्ताए समाजवादी चिन्तक शिर्षकमा उहाँको स्केचसहितको तस्बिरसहित पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । समाचारमा समाजवादी चिन्तकका रुपमा परिचित प्रदीप गिरी चार दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहनु भएको विषयदेखि उहाँको राजनीतिक योगदानको बारेमा विभिन्न राजनेताहरुले व्यक्त गर्नुभएका धारणाहरु समावेश गरिएको छ । 

यसैगरी नागरिक राष्ट्रिय दैनिकको पनि पहिलो पृष्ठमा समाजवादी चिन्तक गिरीको निधन शिर्षकमा प्रकाशित समाचारमा लामो समयदेखि भारतमा उपचार गराएर स्वदेश फर्केलगत्तै स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी अस्पतालमा उपचाररत रहनु भएको विषयदेखि राजनीतिमा प्रवेशसँगै सक्रिय भूमिका निर्वाह गर्नुभएको प्रसङ्गलाई समावेश गरेको छ । हिमालय टाइम्स दैनिकको पहिलो पृष्ठमा नेता गिरीको निधन शिर्षकमा उहाँको निधनसँगै नेपालले एउटा वौद्धिक राजनीतिक व्यक्तित्व गुमाएको प्रसङ्ग उल्लेख छ ।  महात्मा गान्धीको अनुयायी गिरी नेपालमा माक्र्सवादको राम्रो व्याख्या गर्न सक्ने व्यक्तिमा पर्नुहुन्थ्यो भनिएको छ । 

यसैगरी अङ्ग्रेजी राष्ट्रिय दैनिक पत्रिका दि राइजिङ नेपालको पहिलो पृष्ठमा नेता प्रदीप गिरीको निधन शिर्षकमा तस्बिरसहितको समाचार प्रकाशित छ । उहाँको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवाले दिनुभएको शोक वक्तव्य समावेश गरिएको छ । यस्तै अर्को अङ्ग्रेजी राष्ट्रिय दैनिक दि काठमाडौँ पोष्टमा समाजवादी चिन्तक र दार्शनिक प्रदीप गिरीको ७४ वर्षमा निधन शिर्षकमा तस्बिरसहितको समाचार प्रकाशित भएको छ । पहिलो र दोस्रो पृष्ठमा प्रकाशित समाचारमा उहाँको राजनीतिक यात्रादेखि समाजवादी चिन्तनका बारेमा प्रकाश पार्नुको साथै उहाँको बारेमा सहकर्मी विभिन्न नेताहरुले व्यक्त गर्नुभएको संक्षिप्त विचारलाई स्थान दिएको छ । यसबाहेक राजधानी र मोफसलबाट प्रकाशित अन्य दैनिक पत्रिका तथा साप्ताहिक पत्रिकामा पनि नेता गिरीको निधनको समाचारलाई प्रमुखता दिइएको छ । 

विभिन्न अनलाइन पोर्टलहरुमा पनि नेता गिरीको निधनप्रति समाचार तथा विभिन्न व्यक्तित्वका विचार र उहाँले नै लेख्नु भएको लेखहरु प्रकाशित भएका छन् । हिजो राति उहाँको निधनको समाचारहरु पनि थुप्रै अनलाइनहरुले ‘ब्रेकिङ’को रुपमा दिएका थिए । कतिपय अनलाइनहरुले दिउँसै निधन भएको अपुष्ट समाचार पनि नदिएका होइनन् । तर धेरै अनलाइन, रेडियो टेलिभिजनदेखि पत्रपत्रिकाहरुमा अस्तिदेखि नै उनको स्वास्थ्य अवस्था गम्भीर भएको विषयलाई समाचारको रुपमा दिएका थिए । उनको निधनको समाचार पुष्टि हुनासाथ नेपाली कांग्रेसलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता दिवङ्गत नेताप्रति श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल तथा पार्टी कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन नेता, कार्यकर्तादेखि ठूलो जनमानसको घुइँचो लागेको विषय पनि मुख्य समाचारको रुपमा प्रकाशित भएका छन् । केही अनलाइनले गिरीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नेदेखि शव यात्राका तस्बिरहरुको फोटो फिचर प्रकाशित गरेका छन् ।

नेपाली पत्रकारिता जगतसँग नेता गिरी सधैँ सकारात्मक रहनुहुन्थ्यो । भारतमा रहँदा आफैं पत्रकार रहनु भएका उहाँका विभिन्न पत्रपत्रिकाहरुमा निरन्तर समसामयिक विषयमा लेख, अन्र्तवार्ता प्रकाशित हुने गर्दथे । उनका लेख, अन्र्तवार्ताले नयाँ विचार र दृष्टिकोण दिनुको साथै राजनीतिलाई फरक ढङ्गबाट विश्लेषण समेत गर्ने हुँदा नेपाली मिडियाहरु उहाँप्रति सधैँ अनुग्रहित नै रहेका छन् । उनको निधनले मिडिया जगतलाई पनि अपूरर्णिय क्षति भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...

गगन थापालाई ७१ प्रतिशत मतले सभापति बनाउँछौं: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...

मुख्यमन्त्री बनेपछि खगराज भट्टले भने– ‘खुसीभन्दा बढी जिम्मेवारी र चुनौतीको भारी महसुस भएको छ’

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...

स्याङ्जामा बाढीले दुई जनालाई बगायो, एक बेपत्ता

स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...

जाजरकोटमा बाढीको वितण्डा: पाँच परिवार प्रभावित, भेरी करिडोर अवरुद्ध

जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे ।  सामाजिक सञ्जा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending