Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

मनपरेको हाकिम नआए कर्मचारीलाई फिर्ता ?

खबरडबली संवाददाता

बलेवा । आफू अनुकूल कर्मचारी नपाएको भन्दै स्थानीय तहले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरिका दुई स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् । 

बागलुङको निसीखोला गाउँपालिकाले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएका कर्मचारी फिर्ता पठाएको छ । मन्त्रालयले खटाएका कर्मचारीलाई फिर्ता पठाएर गाउँपालिकाले प्रशासन शाखा प्रमुखलाई निमित्तको जिम्मेवारी दिएको छ । गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले प्रमुख प्रशासकीय अधिकृतका रूपमा गाउँपालिकामा पठाएका ध्रुव रिजाललाई काम गर्न दिएनन् । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य सरुवा भएपछि खाली भएको ठाउँमा आएका रिजाललाई काम गर्न नदिई प्रशासन शाखा प्रमुख दिलीपकुमार चन्दलाई अध्यक्ष घर्तीले निमित्त बनाएको हो ।

मन्त्रालयको मिति २०७९/०४/०५ गतेको पत्र लिएर प्रशासकीय अधिकृतका रूपमा काम गर्न आएका रिजाललाई अध्यक्ष घर्तीले हाजिर गर्न नदिएको हो । “मन्त्रालयले पठाएको ठाउँमा काम गर्न आएँ, दुई दिनसम्म कार्यालयमा पनि गएँ तर हाजिर गर्न पनि दिइएन, काम गर्न पनि दिइएन”, रिजालले भने, “पालिकामा नराख्ने भए फिर्ता गरेको पत्र दिनुस् भनेर पनि भनेँ तर त्यो पनि दिइएको छैन ।”

रिजालले हाजिर गराई पाउँ भनी साउन १६ गते गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीलाई निवेदन दिएका थिए ।  त्यो निवेदन १९ गते दर्ता भएको छ । रिजालले भने “आजसम्म पनि त्यसको जवाफ पाउन सकेको छैन, यसले गर्दा समस्या भएको छ ।” 

पालिकामा रहेका स्वार्थ समूहका कारण अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गरी प्रशासन शाखा प्रमुखलाई निमित्त दिएको हुनसक्ने निसीखोलाका एमाले नेता भूमिराज घर्तीले बताए। गाउँपालिका अध्यक्ष घर्तीले भने समन्वय नै नगरी मन्त्रालयले आफूखुसी पठाएका कर्मचारीलाई काम गराउन नसकिने बताए । गाउँपालिका अध्यक्षलाई सम्मान गर्नेखालको प्रमुख प्रशासकीयले मात्रै जनताका काम गर्न सक्ने घर्तीको प्रतिक्रिया छ । 

यसअघि बागलुङकै काठेखोला गाउँपालिकाबाट सरुवा भई म्याग्दीको मङ्गला गाउँपालिका पुग्नुभएका चूर्णबहादुर कार्कीलाई आफू अनुकूल काम नगर्ने भन्दै गाउँपालिका अध्यक्षले फिर्ता पठाएका थिए। कार्की अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएका छन् । कर्मचारी फिर्ताको विषयलाई लिएर सर्वसाधारण र कर्मचारी वृत्तमा समेत असन्तुष्टि देखिन थालेका छन् । 

“स्थानीय सरकार सञ्चालन, २०७४ र निर्वाचन आयोगमा कुनै पनि पालिकामा निर्वाचित भएको खण्डमा मलाई मन लागेको हाकिम ल्याउन पाउने छ, भन्ने कानून बनाउने भए जाति होला नभए यो हदसम्म गलत गर्न हिम्मत कुन मतदाताले जनप्रतिनिधिलाई अधिकार दिएका छन ?”, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद न्यूरेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “जानकारी पाउन पाए कर्मचारी ढुक्कसँग बस्ने थिए, नभए खटाउने एउटा पठाउने एउटा अनि चुनाव जितेर सबै संसार जितेझैँ ठान्नु ठीक हो ? नारायणहिटीबाट राजा बहिर्गमन भएको छ, अनि पाँच वर्षपछि घरमै १” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

सुनुवाइको लागि प्रस्तावित व्यक्तिको विवरणलाई समितिमा मात्रै सीमित नगरौँ: पद्या अर्याल

काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...

रास्वपाको निर्वाचन र लेखा आयोगमा पुरानै टिमलाई निरन्तरता, अनुशासन आयोगमा नयाँ नियुक्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगमा पुरानै टिमलाई जिम्मेवारी निरन्तरता दिएको छ। पार्टी केन्द्रीय समितिको ब...

नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारको प्रतिबद्ध छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...

कैलालीमा विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव खोलामा फेला

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...

बाँकेका आठ स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु

बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending