Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक

खबरडबली संवाददाता

बैतडी । भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।  नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ ।  

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूका कोरोना देखिएको हो । कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ  । उहाँले भन्नुभयो, “सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेहरूको पनि कोरोना परीक्षण गर्ने गरेका छौँ, पोजेटिभ देखिएमा भारततिरै फर्काउने गरिएको छ ।” 

यसैबीच बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको छ । भारतसँग सीमा जोडिएको झुलाघाट नाका भएर फर्कने अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको हो । झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर उक्त नाकाबाट स्वदेश फर्कनेहरूको एन्टीजेन परीक्षण गर्ने गरिएको र परीक्षण गरिएका अधिकांशमा कोरोना पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । साउन पहिलो सातासम्म कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको बैतडीमा अहिले ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

सङ्क्रमण पुष्टि भएकाहरू समेत सिधै घर जाने भएकाले समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । स्वास्थ्यका मापदण्ड पालना नगर्दा झन् जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । जोखिम बढ्दै गएकाले पूर्वतयारीस्वरुप समेत थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

विपद् व्यवस्थापन समितिको बैठक बसालेर जिल्लामा पूर्वतयारी थाल्न निर्देशन दिइएको हो । जिल्ला अस्पतालमा आइसियुसहितका आइसोलेसन सेन्टर, सबै स्थानीय तहमा होल्डिङ सेन्टर, आइसोलेसन, क्वारेन्टिन निर्माण, कोरोना कोष स्थापना, एम्बुलेन्स तयारी अवस्थामा राख्न, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउनेलगायत निर्णय गरिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म तीन हजार तीनसय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमणकै कारण १९ जनाको ज्यान गइसकेको छ । 
–––

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैशाख २४ गते सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार बसेको बैठकको निर्णय अनुसार प...

नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विव...

१४ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हज...

छैटौँ सातामा ‘महजात्रा’: ५१ औँ दिनतर्फ लम्किदै

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ...

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी ...

काठमाडौँमा फेरी बढ्यो वायु प्रदूषण, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालि...

जसपाका कार्यकारिणी समितिको बैठक बस्दैँ, महाधिवेसन मुख्य एजेन्डा

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ ।  केही समय पछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यक...

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन

काठमाडौं। विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन । संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन...

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies