Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

सङ्गठित हुन थाले स्थानीय तहका स्वतन्त्र उम्मेदवार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सङ्घीय र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका स्वतन्त्र उम्मेद्वार सङ्गठित हुन थालेका छन् । सङ्गठितरूपमा आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्न थालेको छ । 

गत वैशाख महिनामा गोकर्णेश्वर नगरपालिकाको जनप्रतिनिधिमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले स्वतन्त्र अभियान नै घोषणा गरेर उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका हुन् । अभियान घोषणा गर्न आयोजित कार्यक्रममा केहीले भने उम्मेदवारी पनि घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारले आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ३ मा उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौँ क्षेत्र नं ३ मा पर्ने गोकर्णेश्वर नगरपालिकामा विभिन्न दल परित्याग गरी स्वतन्त्र उम्मेवारी घोषणा गरिएको हो । नेपाली कांग्रेस गोकर्णेश्वर नगर समितिको सभापति भई नेतृत्व गरिरहक्नुभएका श्रीकृष्ण ज्योतिले आगामी निर्वाचनमा आफूले स्वतन्त्र उम्मेदवारी दिने बताए । गत स्थानीय निर्वाचनअघिदेखि पार्टी छाडेको घोषणा गरेका ज्योति यो निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा लागेको सुनाउछन् ।

यसैगरी स्वतन्त्र भएरै निरञ्जन पुडासैनी र कुमार श्रेष्ठलगायतले पनि यसै निर्वाचनमा भाग लिने बताए। कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका विनय सिम्खडा, वडा नं २ का अध्यक्ष प्रेम श्रेष्ठ, वडा नं ८ को अध्यक्ष पदका उम्मेदवार आकाश क्षेत्रीलगायतको सहभागिता थियो । सिम्खडा नेकपा ९एमाले० छोडी स्वतन्त्र अभियानमा सहभागी भएको हो । उनीहरूले विधिअनुसार शासन चलाउनका लागि पनि स्वतन्त्र अभियानको आवश्यकता रहेकामा जोड दिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकाको वडा नं ४ मा स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत वडाध्यक्षमा निर्वाचित भएका थिए। यसबाट हौसिएका स्वतन्त्र अभियानकर्मीले स्वतन्त्रबाट एकमात्र उम्मेदवार चयन गरी निर्वाचित गराउनुपर्नेमा जोड दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending