काठमाडौं । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच साझेदारीकासाथ योजना कार्यक्रम अघि बढाइने भएको छ ।
उक्त प्रयोजनका निम्ति शैक्षिक उन्नयन तथा प्राज्ञिक जनशक्ति विकासमा प्रतिष्ठित दुवै संस्थाले सहकार्यको समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेती र विश्वविद्यालयका प्राध्यापक देवी विडारीले सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा पर्यटनमन्त्री श्रेष्ठले पर्यटन उद्योगलाई समृद्ध बनाउन नेपालको मौलिक आतिथ्यता (हस्पिटालिटी) र पहिचानलाई संसारभर फैलाउन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई संसारका पर्यटकको आकर्षक गन्तव्य स्थलका रुपमा विकास गर्ने लक्ष्य लिएको बताए।
पर्यटनमन्त्री श्रेष्ठले सरकारले मुलुकको आर्थिक समृद्धिको तीनमध्ये पर्यटनलाई महत्वपूर्ण आधार मानेको भन्दै पर्यटन उद्योगको विकास गरी देशको अर्थतन्त्र बलियो बनाउन र विदेशी मुद्रा आर्जन गर्ने सरकारी नीतिअनुरुप बजेट तथा कार्यक्रम समावेश गरिएको बताए । मन्त्री श्रेष्ठले दुई संस्थाबीच सहकार्यको सम्झौताले नेपालको पर्यटनको हस्पिटालिटी सेवा क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको भन्दै उत्पादित जनशक्तिलाई संसारभर फैलने वातावरण बन्नु गौरवको विषय भएको बताए।
उनले कोभिड–१९ महामारीपछि शिथिल बनेको पर्यटनको पुनरुत्थानका लागि ७३ बुँदै कार्यक्रम घोषणा गरिएको भन्दै समयसापेक्ष नीतिगत सुधार र विदेशी पर्यटन बढाउने रणनीतिक योजनाका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: