Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार

खबरडबली संवाददाता

काठमाडौं । थप विश्वविद्यालय खुल्ने भन्नेबित्तिकै हाम्रो दिमागमा तिनै ठूला र पुराना विश्वविद्यालयको चित्र देखा पर्न सक्छ । राजनीतिक भागबण्डा, हस्तक्षेप, पदाधिकारीको विवाद, शिक्षक–कर्मचारी र विद्यार्थीको आन्दोलन र घेराबन्दीको चक्रव्यूहमा फस्ने अर्को शैक्षिक संस्था त होला नि भन्ने अनुमान गर्न नसकिने होइन तर अब खुल्ने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ती संज्ञाबाट नितान्त फरक र मौलिक हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमाणीकरणसँगै यो नयाँ विश्वविद्यालय सञ्चालनको वैधानिक बाटो खुलेको छ । विज्ञान र प्रविधिका क्षेत्रमा नेपालमै पहिलो विश्वस्तरको अनुसन्धानमूलक हुने यो विश्वविद्यालयको विधेयक प्रतिनिधिसभाको गत असार २० गतेको  बैठकबाट पारित भएको थियो । त्यसपछि राष्ट्रियसभाबाट पनि पारित भएपछि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश भएको हो ।

सूचना र प्रविधिका क्षेत्रमा विदेशबाट समेत अनुसन्धानकर्मी र विद्यार्थी ल्याउने लक्ष्य लिएको सो विश्वस्तरको विश्वविद्यालय मकवानपुरको चित्लाङ र काभ्रेको पाँचखालमा सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास भइसकेको छ । यो विश्वविद्यालयको सङ्गठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक छ र यो विश्वविद्यालय राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा स्वीकृत भई यसका लागि एक हजार दुई सय रोपनी जग्गा प्रबन्ध भइसकेको छ ।

मुलुकको आर्थिक विकास लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवाद जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले नेपालमा पहिलो पटक यस्तो विश्वविद्यालय खुल्न लागेको हो ।

सो विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा राजेन्द्रध्वज जोशीले जैविक कृषि (अग्र्यानिक एग्रिकल्चर), विद्युतीय प्रविधि (डिजिटल टेक्नोलोजी), वन पैदावार (फरेष्ट बायोमेटरियल्स), तथ्याङ्क विज्ञान (डेटा साइन्स) र कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स)का क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधि तहका लागि पाठ्यक्रम तयार भइसकेको जानकारी दिए । उनले विश्वविद्यालयमा २० प्रतिशत अन्तर्राष्ट्रिय प्राध्यापक हुने र योग्य एवं प्राध्यापक जनशक्तिको उपलब्धता र पूर्व अध्ययनका आधारमा पढाइने विषयवस्तुको पहिचान गरिनेछ बताउँदै अर्थतन्त्रका लागि चाहिने नयाँ प्रविधि निकाल्न सक्ने जनशक्ति तयारी गर्नु आफूहरुको मुख्य ध्येय हुने स्पष्ट गरे ।

अघिल्लो सरकारले आर्थिक वर्ष २०७६/०७७ मा विज्ञान तथा प्रविधिको विकासबिना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव नहुने भएकाले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टिकृत विश्वविद्यालयका रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने कार्यक्रम ल्याएको थियो । उक्त आर्थिक वर्षको बजेटमा यसको पूर्वाधार लागि एक अर्ब १० करोड बजेट व्यवस्था भएको थियो भने विभिन्न चरणमा गरेर विश्वविद्यालयका लागि रु ४३ अर्ब लाग्ने अनुमान गरिएको छ । चालु आवमा सञ्चालन खर्चतर्फ रु साढे तीन करोड विनियोजन गरिएको छ । सो विश्वविद्यालयमा चार हजारसम्म विद्यार्थी हुने लक्ष्य राखिएको छ । विश्वविद्यालयले कुनै कलेजलाई सम्बन्धन नदिई आफैँ डिग्री प्रदान गर्नेछ ।

विश्वविद्यालयमा विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, कानुन र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । अन्य विश्वविद्यालयको भन्दा पृथकरुपमा सञ्चालनका लागि संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति रहने छैनन् । विश्वविद्यालयका लागि चीन  सरकारसँग अनुदान सम्झौता हुने भनिए पनि हालसम्म हुन सकेको छैन । स्नातक तहको पाठ्यक्रम भने केही वर्षपछि तयार हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending