काठमाडौं ।काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।सोमबार विज्ञप्ति जारी गर्दै नेकपा विप्लवले सरकार र राज्यले आज घटाएको घटना रोकेर तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको हो ।
ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ । ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’
प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोही गर्दै सशस्त्र द्धन्द्धमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो । देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरी उजुरी परेका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरुविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसकाकारण अदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: