Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ :प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन् । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गरे। 

प्रधानमन्त्री देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको केन्द्रविन्दुको रूपमा रहेको यस अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, “दक्ष, अनुभवी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य सक्षम जनशक्तिका कारण मुलुककै केन्द्रीय रिफरल अस्पतालको रूपमा रहेको यस अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय उपचारात्मक सेवा प्रवाहका लागि शुभकामना व्यक्त गर्दछु ।”

विसं २०७२ को गोरखा भूकम्पमा होस् वा कोभिड–१९ जस्तो महामारीको कठिन परिस्थितिमा यस अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकलगायत अन्य जनशक्तिले बिरामीको स्वास्थ्योपचारका लागि गर्नुभएको अमूल्य सेवा र सहयोगका लागि उहाँले धन्यवाद व्यक्त गरे। 

प्रधानमन्त्री देउवाले अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै एउटा छुट्टै पहिचान बनाइ बिरामीको सुविधाका लागि ९६० शय्यासम्मको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सकेकोमा बधाई दिए।

“भक्तपुरको दुवाकोटमा बनाउने भनिएको अस्पतालको निर्माण हालसम्म सुरु हुन नसकेको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यसलाई प्राथमिकता साथ अघि बढाउन म सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन चाहन्छु” उनले भने। आम सर्वसाधारणले प्रयोग गर्ने यस अस्पतालमा ९आइसियू० सघन उपचार कक्ष र भेन्टिलेटर लगायतका चिकित्सा उपकरण आवश्यक सङ्ख्यामा व्यवस्था गर्न पर्याप्त बजेट छुट्याउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिए। साथै उहाँले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्था गर्न र कार्यरत जनशक्तिको मनोबल उच्च राख्न सहयोग पु¥याउने कार्यक्रम कार्यान्वयनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गरे।

प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई यस क्षेत्रमा भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकास लगायतका कार्यका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी गराए। 

जनतालाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउँदै दिगो विकास अन्तर्गतको स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न तथा आम सर्वसाधारणलाई सहज तवरमा स्वास्थ्योपचार सेवा पु¥याउन सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो । स्वास्थ्य सेवालाई सम्भव भएसम्म सस्तो र सर्वसुलभ बनाइ सबैको पहुँचमा पु¥याउन सबैले मिलेर कार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले वीर अस्पतालले गरिब, निमुखा र विपन्न वर्गका बिरामीलाई सहुलियतपूर्ण ढङ्गले स्वास्थ्यसेवा उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। 

वीर अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधि थप गरी आफ्नो सेवालाई नागरिकको आवश्यकता अनुसार विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले केही समययता मत्थर भएको कोभिड–१९ महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको बताए।

 उनले भने ,“ कोभिड–१९ महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विविध किसिमका महामारीसँग समेत जुध्ने सामथ्र्य विकास गर्नुपर्छ ।  क्यान्सर जस्तो घातक रोगका बिरामीलाइसमेत सहज उपचार पाउने गरी आवश्यक व्यवस्था मिलाउन अस्पताल व्यवस्थापनले ध्यान दिने मैले विश्वास लिएको छु । ”

प्रधानमन्त्री देउवाले भविष्यमा विश्वको प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोग हुन्छन् भनेर विश्व स्वास्थ्य सङ्गठनले पूर्वानुमान गरेको सन्दर्भमा हामीले पनि नसर्ने रोगका बिरामीको स्वास्थ्योपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता औल्याए। यस सन्दर्भमा स्वास्थ्य क्षेत्रमा विभिन्न उपयोगी कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरेर देशमा स्वस्थ नागरिकको सङ्ख्या वृद्धि गर्न र उपचार खर्च घटाउन ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending