Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

छुवाछूतका घटना घट्न नदिन निरोधात्मक कार्य गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले  जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना घट्न नदिनका लागि निरोधात्मक कार्य गर्न राष्ट्रिय दलित आयोगलाई निर्देशन दिएको छ ।  

उक्त समितिको आजको बैठकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना घटिसकेपछि सोको सम्बन्धमा आयोगले उपचारात्मक कार्यका लागि पहल गर्दै आएको  विषय सराहनीय रहेको भन्दै त्यस्ता किसिमका घटना घट्नै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको हो ।

समयको साथै अन्य स्रोतसाधनको लगानीको प्रतिफल कत्तिको सन्तोषजनक छ वा सन्तोषजनक परिणामको लागि सुधार गर्नुपर्ने विषयको बारेमा अध्ययन, हालसम्मको उपलब्धि मापन गर्न पनि समितिले निर्देशन दिएको छ ।  

न्यायसङ्गत सम्बोधन हुने गरी कार्यसम्पादन गर्न र आयोगले हालसम्म गरेका नीतिगत सिफारिसको कार्यान्वयनको अवस्था विश्लेषण गर्न पनि भनिएको छ । आयोगले काम गर्नुपर्ने समुदायको अझ थप विश्वास आर्जन गर्नसक्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न दलित आयोगलाई निर्देशन दिइएको छ ।  
 
आयोगमा दरबन्दीअनुसार कर्मचारी उपलब्ध नगराएको र उपलब्ध कर्मचारी पनि छिटोछिटो सरुवा भएर अन्यत्र जाने हुँदा र यसबाट आयोगको कार्यसम्पादनमा प्रतिकूल प्रभाव पर्ने गरेको विषयलाई समाधान गर्न गराउन समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि  निर्देशन गरेको छ । 

स्थापनाको दुई दशक र संवैधानिक  मान्यता प्राप्त गरी कार्यसम्पादन गरेको सात वर्ष पूरा गर्दासमेत दलित समुदायको बहुआयामिक, बहुपक्षीय वा समग्रताको विषयमा आशाअनुरुप प्रगति गर्न नसकेको विषयमाथि बैठकमा छलफल भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन पाँचथरमा चुनावी प्रचारमा व्यस्त, मतदातासँग भेटघाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारप्रसारमा व्यस्त छन्। हिजोसम्म झापामा रहेका शाह आज बिहान इलाममा म...

बैतडीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ३ जना घाइते

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको ...

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनाम...

अन्तिम ओभरमा चुक्दा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार बेहोरेको हो ।...

उच्च मूल्यपछि घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा...

बाँकेका अधिकांश उम्मेदवार युवा र नयाँ

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ । यसअ...

महिला टी–२० विश्वकप छनोट: नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले १४१ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्य...

रास्वपा उम्मेदवारको प्रचारका लागि इलाम पुगे बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन्। रास्वपाका उम्मेदवारको प्रचार–प्रसारका लागि उनी इलाम पुगेका ह...

धितो न जमानीको मान्छेलाई भोट खेर लफाल्न ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो र जमानी नहुने व्यक्तिलाई भोट दिएर मत खेर नफाल्न मतदातालाई आग्रह गरेका छन...

इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

इलाम । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending