Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

गत वर्ष एक हजार ३३१ व्यापारिक फर्म कारबाहीमा

खबरडबली संवाददाता

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८÷७९ को एक वर्षकोे अवधिमा एक हजार ३३१ व्यापारिक फर्म÷कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो । यसबाट रु एक करोड ८१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिए।

उनले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको बताए । यसअवधिमा विभागले तीन हजार १४७ फर्मको अनुगमन गर्दा ३१२ फर्ममात्र सामान्य अवस्थामा रहेको पाइएको थियो ।

एक हजार ७३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, ६८५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न निर्देशन, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना सङ्कलन, साधनसहित तीन जना प्रक्राउ र १३ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो ।

यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकाले रु ५४ लाख लाख ८२ हजार ७११ मूल्य बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सबैभन्दा धेरै कारवाही खाद्यान्न तथा किराना पसललाई गरिएको छ । एक वर्षको अवधिमा ८३८ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा ४२९ फर्मलाई आर्थिक जरिवाना गरिएकोे हो ।

यस्तै, ११९ फार्मेसी पसलको अनुगमन गर्दा ३९, २३३ कस्मेटिक तथा कपडा पसलको अनुगमन गर्दा २५ पसललाई कारवाहीस्वरुप आर्थिक जरिवाना गरिएको उल्लेख छ । यस्तैगरी, ४ स्टेशनरी, तीन सर्जिकल हाउस, २९ वटा अण्डा तथा मासु पसल, पाँच वटा मार्ट, छ वटा फ्युल तथा कोइला पसल, १७ वटा ग्यास, नौ वटा चस्मा पसल, ११ वटा डिर्पाटमेन्ट स्टोर, १४ वटा पानी उद्योग, १७ वटा मदिरा तथा पेय पदार्थ, ४३ वटा फलफूल तथा तरकारी पसल, १८ वटा दुग्धजन्य पदार्थ तथा बेकरी उद्योग र ६६० अन्य फर्मलाई कारवाही गरिएको निर्देशक पङ्गेनीले जानकारी दिए ।

उहाँका अनुसार विभागले नियमितरुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, तरकारी तथा पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ ।

विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर दैनिक बजार अनुगमन गर्ने गरेको जनाइएको छ । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending