काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्यप्रणाली कमजोर रहेको विज्ञहरुले औँल्याइरहेको भन्दै वास्तविकता सार्वजनिक गर्न आग्रह गरे ।
फाइनान्सियल एक्सन टाक्सफोर्ससँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनिलन्ड्रिङको नेपाल सदस्य हो । इपिजीको परस्पर मूल्याङ्कन आगामी अक्टोबर नोभेम्बरमा हुने सुनिएको र यस्तो मूल्याङ्कन मूलतः हाम्रो कानुनी व्यवस्था र कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिने भएकाले नेपाललाई कालोसूचीमा पर्न नदिन बेलैमा तयारी गरिनुपर्ने सांसद थापाको भनाइ छ ।
सांसद थापाले कालोसूचीमा परे विप्रेषण र आयातमा निर्भर नेपालजस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने एलसी खोल्न नपाउने अवस्था आउन नदिने गरी तयारी गर्न आग्रह गरे । उनले भने, “मूल्याङ्कनका ४० सूचकाङ्कमा नेपालको अवस्था के छ, विज्ञहरुले आशङ्का गरेको जस्तो कालोसूचीमा पर्न नदिन सरकारले के कस्तो तयारी गरिरहेको छ, त्यो सदनलाई जानकारी गराउन माग गर्दछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...
माघ ९ गते, २०८२ - १६:०३
ढल्केबर। धनुषाधाम नगरपालिका–६, हरिपुरस्थित खेतमा जङ्गली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय बारमा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । ...
माघ ९ गते, २०८२ - १५:३८
काभ्रेपलान्चोक । सिन्धुली–२ को टिकट विवाद चर्किँदै गएपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागी उम्मेदवारी दिलाउने पक्षका नेताहरूसँग छलफल गर्ने ...
माघ ९ गते, २०८२ - १५:२६
दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर बनाउने र सामाजिक सद्भावलाई भड्काउने तत्वहरूबाट सजग बन्न आग्...
माघ ९ गते, २०८२ - १५:२२
अफ्रीका। अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गर...
माघ ९ गते, २०८२ - १५:१०
काठमाडौँ। सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, ...
माघ ९ गते, २०८२ - १४:५६
मोरङ। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध ...
माघ ९ गते, २०८२ - १४:४८
काठमाडौं । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, ग...
माघ ९ गते, २०८२ - १४:१२
काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल)लाई प्रहरीले केन्द्रीय साइबर ब...




प्रतिकृया लेख्नुहोस्: