Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुईको मृत्यु

खबरडबली संवाददाता

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालककोे मृत्यु भएको छ । 

चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष चालिसेको भिरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरु इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भिरबाट खसेर खोलाले बगाएको उनीहरुसँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताएकी छन् । दुवै जनाको शव केही तल खोलामा भेटीएपछि परीक्षणका लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिनुभयो । घटना दिउँसो भएको हो । शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो । बाटो निकै अप्ठेरो रहेको र अझै दुर्घटना हुनसक्ने भन्दै स्थानीयले उक्त बाटो प्रयोग नगर्न आग्रह गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending