Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पाकिस्तानमा वर्षा र बाढीका घटनामा १०० जनाको मृत्यु, ५७ घाइते

खबरडबली संवाददाता

इस्लामाबाद । भारी वर्षाका कारण पाकिस्तानमा १०० जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन्  । देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आएको भारी वर्षा र बाढीले अन्य थुप्रै विस्थापित भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सो प्रान्तमा हालैको भारी वर्षाका कारण जम्मा ६ हजार ६३ घर भत्किएका छन् भने ५५० किलोमिटर सडक ट्र्याक भत्किएको छ ।

त्यसैगरी भारी बर्षाका कारण ७१२ भन्दा बढी जनावरको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रदेशमा अझै भारी वर्षा हुने पूर्वानुमान सँगै सरकारले एक महिनाका लागि आपत्कालीन धारा १४४ लागू गरेको थियो ।

सो धारा लागू भएसँगै मानिसहरूलाई नदी,  बाँध र अन्य जलाधार क्षेत्रमा बनभोज लगायातका अन्य मनोरञ्जनात्मक जमघट गर्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ  । 

साथै एनडीएमएले  प्रदेशको प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराएको  छ । हालैको अविरल वर्षाका कारण २ हजार ५ सयभन्दा बढी घर पूर्णरूपमा र १ हजार ४ सय १७ घरमा आंशिक क्षति पुगेको पीडीएमएको प्रतिवेदनले  उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानको मौसम विभागले शुक्रबारदेखि मङ्गलबारसम्म प्रान्तका विभिन्न जिल्लामा थप भारी वर्षा हुने पूर्वानुमान गर्दै सबै सम्बन्धित निकायलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउँन सुझाव दिएको थियो।  पछिल्ला केही दिनयता पाकिस्तानमा भारी वर्षाका कारण विद्युतीय करेन्ट लागेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।

वर्षाको पानी मुख्य सडकमा जम्मा भई सवारी आवागमनमा समस्या भएको छ भने जम्मा भएको पानीले धेरै सवारीसाधनहरू बिग्रिएको अवस्थामा छन् । अविरल वर्षाले थुप्रै घर र गाउँ डुबानमा परेका छन् भने विभिन्न बाली र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।  सडक भत्किएसँगै दुर्गम क्षेत्रहरूसँगको सम्बन्ध र सम्पर्क समेत विच्छेद भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending