Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

पाकिस्तानमा वर्षा र बाढीका घटनामा १०० जनाको मृत्यु, ५७ घाइते

खबरडबली संवाददाता

इस्लामाबाद । भारी वर्षाका कारण पाकिस्तानमा १०० जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन्  । देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आएको भारी वर्षा र बाढीले अन्य थुप्रै विस्थापित भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सो प्रान्तमा हालैको भारी वर्षाका कारण जम्मा ६ हजार ६३ घर भत्किएका छन् भने ५५० किलोमिटर सडक ट्र्याक भत्किएको छ ।

त्यसैगरी भारी बर्षाका कारण ७१२ भन्दा बढी जनावरको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रदेशमा अझै भारी वर्षा हुने पूर्वानुमान सँगै सरकारले एक महिनाका लागि आपत्कालीन धारा १४४ लागू गरेको थियो ।

सो धारा लागू भएसँगै मानिसहरूलाई नदी,  बाँध र अन्य जलाधार क्षेत्रमा बनभोज लगायातका अन्य मनोरञ्जनात्मक जमघट गर्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ  । 

साथै एनडीएमएले  प्रदेशको प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराएको  छ । हालैको अविरल वर्षाका कारण २ हजार ५ सयभन्दा बढी घर पूर्णरूपमा र १ हजार ४ सय १७ घरमा आंशिक क्षति पुगेको पीडीएमएको प्रतिवेदनले  उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानको मौसम विभागले शुक्रबारदेखि मङ्गलबारसम्म प्रान्तका विभिन्न जिल्लामा थप भारी वर्षा हुने पूर्वानुमान गर्दै सबै सम्बन्धित निकायलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउँन सुझाव दिएको थियो।  पछिल्ला केही दिनयता पाकिस्तानमा भारी वर्षाका कारण विद्युतीय करेन्ट लागेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।

वर्षाको पानी मुख्य सडकमा जम्मा भई सवारी आवागमनमा समस्या भएको छ भने जम्मा भएको पानीले धेरै सवारीसाधनहरू बिग्रिएको अवस्थामा छन् । अविरल वर्षाले थुप्रै घर र गाउँ डुबानमा परेका छन् भने विभिन्न बाली र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।  सडक भत्किएसँगै दुर्गम क्षेत्रहरूसँगको सम्बन्ध र सम्पर्क समेत विच्छेद भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending