Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै नागरिकता दिनपर्ने एमाले सांसदको जोड

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका सांसदहरूले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको सात वर्ष पछि  नेपालमा बसोबास गरेपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने माग गरेका छन् । 

नागरिक संशोधन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा छलफलमा भाग लिँदै एमाले सांसदहरूले सरकारले विवाह हुनेबित्तिकै दिनसक्ने व्यवस्थालाई हटाउन माग गरेका हुन्। 

उनीहरूले विधेयकलाई छलफलका लागि एक दिन भए पनि संसदीय समितिमा लैजानुपर्ने बताए । एमाले सांसद खगराज अधिकारीले फिजीको अनुभवबाट सिक्न आग्रह गरे । उनले भने  'हामीले दक्षिण (भारत)को मात्रै कुरा गरेका छौं । उत्तर (चीन)को कुरा पनि त्यति नै प्रभावकारी होला,' अधिकारीले भने, 'भोलि (चीन)को कुरा पनि होला । आवागमन सहज छ अहिले । त्यसैले दक्षिणको विषयमा मात्रै यस्तो गर्‍यो भनेर प्रोभोकेसन वा सनसनीपूर्ण गर्ने पनि हुँदैन ।' अधिकारीले नागरिक विधेयक बनाउँदा नेपालमा मात्रै नभएको बांग्लादेश, भारतसिहत सार्क क्षेत्रमा रहेको व्यवस्थाको पनि अध्ययन गरेर नै संविधानमा व्यवस्था गरिएको बताए ।

उनले भने नेपाली पुरुषसँग विवाह गर्ने महिलाहरूले अन्य सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार ७ वर्षपछि मात्रै पाउने भन्ने व्यवस्था राखौं । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टोखा नगरपालिकामा १० रोपनी अतिक्रमित सार्वजनिक जग्गा खाली, अवैध संरचना हटाइयो

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिबद्धता

पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...

उपल्लो मुस्ताङमा विदेशी पर्यटकले एकल पदयात्रा गर्न पाउने

मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...

मौसमविद् पर्दा पछाडि रहेर सरकारलाई सहयोग गर्ने साँचिकै हिरो हुनुहुन्छ: मन्त्री सिन्हा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...

अधुरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन

राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...

सप्तरीमा बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय आन्दोलित

सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...

साउन यता १७ गैंडा मरे

चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...

जेनजी आन्दोलनका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण

सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...

एक सातामै सुनको भाउ ३४ हजारले घट्यो, आज तोलाको कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: