Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेपाल र नाइजेरियाकाबीच मानव बेचबिखनबारे अनुभव आदानप्रदान

खबरडबली संवाददाता

काठमाडौं । नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी तथा सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान भएको छ । स्कीप परियोजनाअन्तर्गत युकेस्थित खुला विश्वविद्यालय र नेपालमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको सहजीकरणमा नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी र सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान गरिएको हो । 

मानव बेचबिखन र उत्पीडनबाट मुक्त व्यक्तिहरुलाई सामाजिक तथा पारिवारिक पुनर्मिलनमा र मनोपरामर्समा सहजीकरण गर्ने सम्बन्धमा अनुभव आदानप्रदान गरिएको थियो । नाइजेरियाका तर्फबाट एपेक्स मिडियालगायत मानव बेचबिखनविरुद्ध क्षेत्रमा कार्यरत अधिकारकर्मी  तथा सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा उक्त खुला विश्वविद्यालयका तर्फबाट डा सरस्वती दवाडी र मर्गरात इवुवेडाइकले आफ्नो अनुभव सुनाएका थिए । 

नेपालका तर्फबाट शान्ति पुनःस्थापना गृहका कार्यकारी निर्देशक सुमनराज सापकोटा, सामाजिक अभियान्ता समाजसेवी तथा शान्ति पुनःस्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटालगायतले मानव बेचबिखनविरुद्ध हुँदै आएका गतिविधिबारे नाइजेरिया र नेपालको मानव बेचबिखनको समस्या मिल्दोजुल्दो भएको बताए । उक्त  विश्वविद्यालयकोे नेतृत्वमा हरेक देशबाट तीनदेखि पाँच जनासम्म सदस्य रहने गरी मानव बेचबिखनविरुद्धको कार्ययोजना तय गर्नेबारे पनि छलफल भएको थियो । कार्यक्रममा नाइजेरिया र नेपालका मानव बेचबिखनसँग सम्बन्धित घटनामा उद्धार गरिएका पीडितको अनुभव आदानप्रदान गरिएको थियो ।

शान्ति पुनःस्थापना गृहले भारत तथा सोही बाटो हुँदै तेस्रो मुलुक जान लागेकालाई मानव बेचबिखनको जोखिमका बारेमा जानकारी दिने, अभिभावकलाई जानकारी नदिइ हिँड्नेलाई सेल्टरमा राखेर अभिभावकलाई जिम्मा लगाउने, उमेर नपुगेकालाई भारत जान रोक्ने, उनीहरुलाई बहकाएर लैजानेलाई प्रहरीको सहयोगमा समातेर मुद्दाको प्रक्रिया अगाडि बढाउने गरिएको गृहका लुम्बिनी प्रदेश संयोजक भूमिराज भट्टराईले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

एमालेको १९ पदाधिकारीमा महिला १ जना मात्रै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...

एमाले उपमहासचिवमा विष्णु रिमाल पराजित

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...

उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित

काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending