Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ग्वार्खो ‘फ्लाई ओभर’ को काम भदौदेखि

खबरडबली संवाददाता

ललितपुर । ग्वार्खो ‘फ्लाई ओभर’ को काम आगामी भदौदेखि सुरुआत गरिने भएको छ । सरकारको लगानीमा पहिलोपटक सो ‘फ्लाई ओभर’बनाउन लागिएको हो । 

वैदेशिक लगानीमा यसअघि नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ को निर्माण अघि बढाइएको थियो । गत आवमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैँले ‘डिजाइन’ गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । निर्माण कम्पनीले तयार गरेको ‘डिजाइन’ प्रतिक्रियाका लागि सरकारलाई पेश गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) सौरभ बज्राचार्यले बताउनुभयो । सरकारले दिएको सुझाव समेटेर पुनः डिजाइन आउने र यसपछि निर्माणमा जाने भएको छ । 

डिजाइन स्वीकृत भएपछि निर्माणमा जाने र त्यसको डेढ वर्षमा सम्पन्न गरिने उनले बताए । यसको अवधि दुई वर्ष रहेकामा चार महिना सकिएर २० महिना बाँकी छ । उनले भने।” 

डिजाइन आएपछि केन्द्रले २१ दिनभित्रमा डिजाइन स्वीकार गर्नुपर्ने उनले बताए । विभागीय प्रक्रिया पूरा गरेर केन्द्रले साउनको अन्तिमसम्ममा स्वीकृति दिनेछ । उनले भने, “भदौबाट नै कम्पनीले भौतिक काम सुरु गर्न सक्नेछ ।” 

‘फ्लाई ओभर’ लम्बाइ, चौडाइ, उचाइलगायतका विषयमा यसअघि नै केन्द्रले खाका बनाएको छ । सामान्यतया ती कुरा परिवर्तन नभएरभित्रको केही कुराजस्तै डन्डी कति हाल्ने, कङ्क्रिट कति हाल्ने भन्ने कुरा डिजाइनमा उल्लेख हुने उनले बताए। 

सरकारले चालु आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गर्ने उल्लेख गरेको छ । तीन वटै ‘फ्लाई ओभर’ का लािग रु एक अर्ब ३४ करोड चाहिन्छ । अर्थ मन्त्रालयबाट त्यो रकमका लागि सहमति आएपछि ठेक्का प्रक्रियामा जान सकिने उहाँले बताए। 

चालु आवको बजेटमा तीनै वटाका लागि रु २५ करोड छुट्टाइएको छ । साउन अन्तिमसम्ममा बहुवर्षीय ठेक्का लागि सहमति आएपछि ठेक्कामा जान सकिने सिडिई बज्राचार्यले बताउनुभयो । सरकार आफैँले इपिसि ९इञ्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन० सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो । यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले बताए। 

चुनौती बहन गर्ने विषय इपिसिमा ‘डिजाइन एण्ड विल्ड’ भन्दा फरक छ । यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ । ‘डिजाइन एण्ड विल्ड’ मा केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसिका सम्पूर्ण काम र जिम्मेवारी कम्पनीको हुने उनले बताए । 

इपिसिअनुसार निर्माण गर्दा निर्माण कम्पनीले डिजाइन परिवर्तन गर्न पाउँछ । कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएमा आवश्यकताअनुसार केही परिवर्तन गरेर डिजाइन तयार हुने सिडिइ बज्राचार्यले बताए। 

अहिले ‘फ्लाई ओभर’ का लागि सुरुमा ट्राफिक व्यवस्थापनमा केही परिवर्तन गर्नुपर्ने देखिएको छ । संरचनमा परिवर्तन नभए पनि ट्राफिक व्यवस्थापनमा केही परिवर्तन हुनसक्ने देखिएको छ । निर्माणको समयमा र निर्माण भएर ‘फ्लाई ओभर’ सञ्चालनमा आएपछि कता कताबाट कसरी सवारीसाधन सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा केही परिवर्तन हुने देखिएको छ । 

निर्माणको अवधिमा मुख्य लेनमा सवारी साधन चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सर्भिस लेन मात्रै पर्याप्त नहुने देखिएको छ । सहायक लेनले धान्न नसक्दा त्योभन्दा बाहिरको लेन ९सर्भिस लेन० प्रयोगमा ल्याउनुपर्ने हुनसक्छ । चक्रपथको सो खण्डमा कतै सर्भिस लेन बनिसकेको छ भने कतै सम्पन्न हुन बाँकी छ । 

फागुन १९ मा डिजाइन सुरु भएको थियो । सरकार आफैँले निर्माण गर्न लागेको पहिलो ‘फ्लाई ओभर’ सरकार र निर्माण व्यवसायी दुवैका लागि नयाँ हो । अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको होे । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेका छन् । 

जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प आवश्यक देखिएको हो । माथिल्लो भागमा रहने मुख्य संरचना ९सुपर स्ट्रक्चर० अन्यत्रै बनाएर राख्न खोजिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाई ओभर’ पुगिनेछ । त्यतातर्फ २८० मिटर लामो ¥याम हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको ¥याम हुने बताइएको छ । सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending