Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

डढेलोमा घर जलेपछि वृद्धद्वारा गोली हानेर आत्महत्या

खबरडबली संवाददाता

डढेलोमा घर जलेपछि वृद्धद्वारा गोली हानेर आत्महत्या
एथेन्स । राजधानी नगरको बाहिर जङ्गल नजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेर एकजना वृद्धले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

आफ्नो घर आगोको ज्वालाले ध्वस्त पारेको देखेपछि ती वृद्धले आत्महत्या गरेका मृतकका आफन्त, उनका छिमेकी र स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ । 

मङ्गलबार रातिको डढेलोले आवास, व्यवसाय र अन्य केही भवन ध्वस्त पारेको तथा केही क्षतिग्रस्त भएका स्थानीय अधिकारीहरूले बताएका छन् । कैयौँ नागरिक डढेलोबाट विस्थापित भएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो निभाउन कठिनाई भएको थियो । 

आगो निभाउन चारसय ८५ वटा दलमल परिचालन गरिएको थियो । सेना, प्रहरी र स्वयम्सेवकहरू पनि आगो निभाउन परिचालन गरिएका थिए । आज बिहानैदेखि विमान र हेलिकप्टर पनि आगो निभाउन परिचालन भएका थिए । 

हरेक वर्ष गर्मी याममा ग्रीसले डढेलोको सामना गर्दै आएको छ । गत वर्ष शृङ्खलाबद्ध रूपमा देशका विभिन्न भागमा फैलिएको डढेलोले एक हजार हेक्टर वन र कृषिभूमिमा क्षति भएको थियो भने करिब दुई हजार घर एवम् व्यापार– व्यवसायमा क्षति भएको थियो । सन् २०१८ मा राजधानी एथेन्स नजिक अवस्थित माटीको तटीय रिसोर्टमा आगो लाग्दा एकसय दुई जनाको मृत्यु भएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending