काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक ल्याउन ओमानका लागि नेपाली नवनियुक्त राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेट गरी नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न आग्रह गरे ।
अध्यक्ष मल्लले आर्थिक हिसाबले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेकाले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। ओमानसँग नेपालको कूटनीतिक सम्बन्ध निकै पुरानो रहे पनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आकर्षित गर्न नसकिएको अध्यक्ष मल्लको भनाइ थियो ।
अध्यक्ष मल्लले ओमानबाट मासिक रु दुई अर्ब रेमिट्यान्स आइरहेको भन्दै नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराए। भेटमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए । राजदूत अर्याल कार्यभार सम्हाल्नका लागि बिहीबार ओमान जाँदै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...




प्रतिकृया लेख्नुहोस्: