काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताएका छन् । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आएको बताए।
“कारागारभित्रको कैदीबन्दी के कारणले बिरामी प¥यो, के कारणले म¥यो भन्ने जानकारी थाहा पाउन नै मुस्किल हुँदै आएको छ”, उनले भने। अध्यक्ष मगरले पहिलेको तुलनामा भन्दा अहिले कारागारभित्र भने सुधार आएको बताए। उनले कारागारभित्र रहेका कैदीबन्दीको अवस्थाबारे आयोगले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गरे।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संविधान र कानुनमा महिला अधिकारका विषयमा धेरै लेखिए पनि कारागारभित्र रहेका महिला कैदीबन्दीको अवस्था दयनीय रहेको बताए। अधिवक्ता मनिषकुमार श्रेष्ठले देशका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदै आएको बताउँदै उक्त विषय मानवअधिकारको दृष्टिकाणले अत्यन्तै संवेदनशील भएको बताए। मञ्चकी अध्यक्ष कोकिला पुनले अन्यायमा परेका व्यक्तिलाई उद्धार गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताए।
विसं २०७० मा स्थापना भएको उक्त संस्थाले कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको लागि आवाज उठाउँदै आएको संस्थाका उपाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए। सोही अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व शङ्कर केसीकी धर्मपत्नी सुशीला केसी र संस्थापन कार्यसमिति र मञ्चका कानुन सल्लाकार एवं विभिन्न क्षेत्रमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: