Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

रसुवागढीको शेयर साउन १० सम्म भर्न पाइने

खबरडबली संवाददाता

काठमाडौं । रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ । यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले शेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० गतेसम्म शेयरको फाराम भर्ने म्याद थप गरेको हो ।
              
स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा पूर्वाधार संरचना निर्माण भई उपकरण जडान प्रक्रियामा अगाडि बढिसकेको रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवाली नागरिकलाई ६८ लाख ४२ हजार १०० कित्ता शेयर छुट्याएको छ । गत शुक्रबारसम्म करिब आठ हजार व्यक्तिले मात्र आवेदन दिएका कारण आगामी साउन १० गतेसम्म शेयर बिक्री समयावधि थप गरिएको रसुवागढी हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले बताए। 
         
शेयर भर्नका लागि करिब ४५ हजार नागरिक योग्य रहेको बताउँदै रसुवागढी हाइड्रोपावरले भनेको छ कुनै पनि रसुवाली नागरिक शेयर भर्नबाट नछुटुन् र नदोहोरिउन् भन्ने अपेक्षा राख्दै शेयर खरिद कार्यमा सहभागी भइदिन कम्पनीले अनुरोध गरेको छ ।
        
जागिरमा कार्यरत रही सञ्चयकोषमा सञ्चयकर्ताको हिसाबले यसभन्दा अगाडि शेयर फाराम भरिसकेका रसुवाली नागरिकले दोहोरो हुनेगरी आवेदन पेश नगर्न अनुरोध गरिएको छ । दोहोरो भर्न नपाइने  र भरेको पाइएमा रद्द हुनेसमेत रसुवागढी हाइड्रोले स्पष्ट पारेको छ । अनेत्र जिल्लाबाट विसं २०६८ साउन १७ गते अगाडि रसुवामा बसाइँ सरी आएका नागरिकको हकमा बसाइँसराइको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको बताइएको छ । 
              
विसं २०६८ यताको हकमा भने बसाइँसराइको प्रमाणपत्रका साथै रसुवाको कुन स्थानमा आएर बसोबास गरेको हो त्यस स्थानमा घर हुनुपर्ने, घरमा विद्युत् मिटर जडान भएको कम्युटर बिल, बालबालिका विद्यालय भर्ना एवं पानी धाराको शुल्क बुझाएको बिलका साथै सम्बन्धित वडा कार्यालयले शेयर भर्नका लागि योग्य हो  भनी गरिदिएको सिफारिसका आधारमा मात्र शेयर कित्ता स्वीकृत हुने उक्त हाइड्रोपावरले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending