Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भित्रनेभन्दा बाहिरिने पैसा बढी, लगातार आयात बढेकोप्रति यसो भन्छ केन्द्रीय बैंक

पेट्रोलियम पदार्थको आयात ८१ प्रतिशतले बढ्यो

खबरडबली संवाददाता

काठमाडौँ । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ । 

पछिल्ला केही महिनायता निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको तुलनामा नगण्य नै रहेको छ । निर्यातको आधार सानो भएको तथा आयातको वृद्धि उच्च रहेका कारण व्यापार घाटा वृद्धि हुँदै गएको छ । आव २०७८/७९ को एघार महिनामा कूल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८५ अर्ब ८४ करोड बराबर पुगेको छ । 

पेट्रोलियम पदार्थको आयात ८१ प्रतिशतले बढ्यो 

केन्द्रीय बैंकका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयात ८१.१ प्रतिशतले वृद्धि भएको छ । कोरोना कालपछि हरेक क्षेत्रमा सक्रियता बढेपछि पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य मात्रामा वृद्धि भएको हो । नेपालले आयात गर्ने प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, यातायात उपमकरण, मेसनिरी तथा पार्टस र औषधि छन् । कूल वस्तु आयातमा त्यस्ता वस्तुको हिस्सा करिब एक तिहाई बराबर छ । 

यस्तै, यातायातको उपकरण तथा पार्टुको आयात करिब दुई प्रतिशत, अन्य मेसिनरी तथा पार्टस्को आयात २२ प्रतिशत र औषधिको आयात १२४ प्रतिशतले वृद्धि भएको छ । 

आठ खर्ब ११ अर्ब विप्रेषण 

केन्द्रीय बैंकका अनुसार चालु आवको दश महिनामा रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । चालु आवको सुरुवातदेखि नै विप्रेषण आप्रवाहमा अपेक्षाकृत रुपमा वृद्धि हुन सकेको थिएन । पहिलो नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आएकामा दशौँ महिनामा सामान्य वृद्धि भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९।२ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाहमा १।६ प्रतिशतले कमी आएको हो । केन्द्रीय बैंकका अनुसार गत फागुनमा रु ९१ अर्ब, चैतमा रु ९४ अर्ब र वैशाखमा रु ८७ अर्ब बराबरको विप्रेषण आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्यामा उतसाहजनक वृद्धि हुँदै गएको छ । 

चालु आवको १० महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८..४ प्रतिशतले घटेको थियो । 

भित्रनेभन्दा बाहिरिने पैसा बढी 

केन्द्रीय बैंकका अनुसार देशभित्र भित्रने पैसा भन्दा बाहिरिने मुद्राको मात्रा बढिरहेको छ । आयातमा वृद्धि हुँदै गएको, विप्रेषणमा आप्रवाहमा सुधार हुन नसकेका कारण चालु खाता घाटा तथा शोधानान्तरमा चाप परेको छ । चालु आवको १० महिनामा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा थियो । यस्तै, शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । चालु आवको सुरुवातदेखि नै चालु खाता घाटा विगत पाँच वर्ष भन्दा उच्च गतिमा विस्तार हुँदै आएको  थियो । अघिल्लो आवमा चालु खाता घाटाको कूल उत्पादनसँगको अनुपात ७.८ प्रतिशत छ । चालु आवको १० महिनामा चालु खाता घाटा जीडीपीको अनुपात ११.३ प्रतिशत पुगेको छ ।
 
यस्तो अनुपात सन् २०२२ मा बङ्गलादेशमा ३.२ प्रतिशतm भुटानमा १०.६ प्रतिशत, भारतमा २.९ प्रतिशत, पाकिस्तानमा ५.३ प्रतिशत र श्रीलङ्कामा ७.१ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । 

मुलुकको बाह्य क्षेत्रमा परेको चापले विदेशी विनिमय सञ्चिति व्यवस्थापनमा चुनौती थपेको छ । चालु आवको १० महिनामाम विदेशी विनिमय सञ्चितिमा करिब २.४७ अर्ब अमेरिकी डलरले कमी आई ९।२८ अर्ब डलर कायम भएको छ । यस्तो सञ्चिति ६.६ महिनाको वस्तु तथा सवा आयातका लागि प्रर्याप्त हुने देखिन्छ ।आयात गर्ने क्षमताका आधारमा उक्त सञ्चिति विगत ६ वर्षयताकै न्यून छ ।
 
केन्द्रीय बैंकले दिएको जानकारीअनुसार सन् २०२१ मा बङ्गलादेशमा ६.२९ प्रतिशत, भारतमा ९.८३, चीनमा ११.६६, मालदिभ्समा २.४२ र पाकिस्तानमा ३.३६ महिनाको आयातका लागि प्रर्याप्त हुने विदेशी विनिमय सञ्चिति रहेको थियो । पछिल्लो समयमा नेपाली मुद्राको अमेरिकी डलरसँग भइरहेको अवमूल्यनले मुद्रास्फिति नियन्त्रणमा चुनौती थप्ने जोखिम छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार २० गतेसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.९ प्रतिशतले अवमूल्यन भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending