Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

भित्रनेभन्दा बाहिरिने पैसा बढी, लगातार आयात बढेकोप्रति यसो भन्छ केन्द्रीय बैंक

पेट्रोलियम पदार्थको आयात ८१ प्रतिशतले बढ्यो

खबरडबली संवाददाता

काठमाडौँ । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ । 

पछिल्ला केही महिनायता निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको तुलनामा नगण्य नै रहेको छ । निर्यातको आधार सानो भएको तथा आयातको वृद्धि उच्च रहेका कारण व्यापार घाटा वृद्धि हुँदै गएको छ । आव २०७८/७९ को एघार महिनामा कूल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८५ अर्ब ८४ करोड बराबर पुगेको छ । 

पेट्रोलियम पदार्थको आयात ८१ प्रतिशतले बढ्यो 

केन्द्रीय बैंकका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयात ८१.१ प्रतिशतले वृद्धि भएको छ । कोरोना कालपछि हरेक क्षेत्रमा सक्रियता बढेपछि पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य मात्रामा वृद्धि भएको हो । नेपालले आयात गर्ने प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, यातायात उपमकरण, मेसनिरी तथा पार्टस र औषधि छन् । कूल वस्तु आयातमा त्यस्ता वस्तुको हिस्सा करिब एक तिहाई बराबर छ । 

यस्तै, यातायातको उपकरण तथा पार्टुको आयात करिब दुई प्रतिशत, अन्य मेसिनरी तथा पार्टस्को आयात २२ प्रतिशत र औषधिको आयात १२४ प्रतिशतले वृद्धि भएको छ । 

आठ खर्ब ११ अर्ब विप्रेषण 

केन्द्रीय बैंकका अनुसार चालु आवको दश महिनामा रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । चालु आवको सुरुवातदेखि नै विप्रेषण आप्रवाहमा अपेक्षाकृत रुपमा वृद्धि हुन सकेको थिएन । पहिलो नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आएकामा दशौँ महिनामा सामान्य वृद्धि भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९।२ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाहमा १।६ प्रतिशतले कमी आएको हो । केन्द्रीय बैंकका अनुसार गत फागुनमा रु ९१ अर्ब, चैतमा रु ९४ अर्ब र वैशाखमा रु ८७ अर्ब बराबरको विप्रेषण आप्रवाह भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्यामा उतसाहजनक वृद्धि हुँदै गएको छ । 

चालु आवको १० महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८..४ प्रतिशतले घटेको थियो । 

भित्रनेभन्दा बाहिरिने पैसा बढी 

केन्द्रीय बैंकका अनुसार देशभित्र भित्रने पैसा भन्दा बाहिरिने मुद्राको मात्रा बढिरहेको छ । आयातमा वृद्धि हुँदै गएको, विप्रेषणमा आप्रवाहमा सुधार हुन नसकेका कारण चालु खाता घाटा तथा शोधानान्तरमा चाप परेको छ । चालु आवको १० महिनामा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा थियो । यस्तै, शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । चालु आवको सुरुवातदेखि नै चालु खाता घाटा विगत पाँच वर्ष भन्दा उच्च गतिमा विस्तार हुँदै आएको  थियो । अघिल्लो आवमा चालु खाता घाटाको कूल उत्पादनसँगको अनुपात ७.८ प्रतिशत छ । चालु आवको १० महिनामा चालु खाता घाटा जीडीपीको अनुपात ११.३ प्रतिशत पुगेको छ ।
 
यस्तो अनुपात सन् २०२२ मा बङ्गलादेशमा ३.२ प्रतिशतm भुटानमा १०.६ प्रतिशत, भारतमा २.९ प्रतिशत, पाकिस्तानमा ५.३ प्रतिशत र श्रीलङ्कामा ७.१ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । 

मुलुकको बाह्य क्षेत्रमा परेको चापले विदेशी विनिमय सञ्चिति व्यवस्थापनमा चुनौती थपेको छ । चालु आवको १० महिनामाम विदेशी विनिमय सञ्चितिमा करिब २.४७ अर्ब अमेरिकी डलरले कमी आई ९।२८ अर्ब डलर कायम भएको छ । यस्तो सञ्चिति ६.६ महिनाको वस्तु तथा सवा आयातका लागि प्रर्याप्त हुने देखिन्छ ।आयात गर्ने क्षमताका आधारमा उक्त सञ्चिति विगत ६ वर्षयताकै न्यून छ ।
 
केन्द्रीय बैंकले दिएको जानकारीअनुसार सन् २०२१ मा बङ्गलादेशमा ६.२९ प्रतिशत, भारतमा ९.८३, चीनमा ११.६६, मालदिभ्समा २.४२ र पाकिस्तानमा ३.३६ महिनाको आयातका लागि प्रर्याप्त हुने विदेशी विनिमय सञ्चिति रहेको थियो । पछिल्लो समयमा नेपाली मुद्राको अमेरिकी डलरसँग भइरहेको अवमूल्यनले मुद्रास्फिति नियन्त्रणमा चुनौती थप्ने जोखिम छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार २० गतेसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.९ प्रतिशतले अवमूल्यन भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending