काठमाडौं । काठमाडौं उपत्यकामा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १७ स्थानमा हैजा देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो ।
योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उहाँका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।
यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ
१९ जना संक्रमितमध्ये चार वर्षका बालकदेखि ७४ वर्षका ज्येष्ठ नागरिकसम्म छन् । हैजा संक्रमितमध्ये ५ जना महिला र १४ जना पुरुष छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...
पौष ६ गते, २०८२ - १५:०१
पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन...




प्रतिकृया लेख्नुहोस्: