Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विभिन्न देशमा अलपत्र परेका एक हजार १२ कामदारको उद्धार

खबरडबली संवाददाता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने बताएका छन् । उनले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिए।
       
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धिसँगै यस क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालिएको र गुनासा तत्काल सम्बोधनको व्यवस्था गरिएको स्पष्ट गरे। 

तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याई पीडित श्रमिकलाई राहत दिइएको, वैदेशिक रोजगार हेर्नेगरी अलग्गै प्रहरी युनिट खडा गर्ने तयारी भएको, पीडितलाई क्षतिपूर्ति दिनेक्रम जारी रहेको अवगत गराए।
       
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख २१ हजारको रोजगारी सिर्जना गरिएको, सामाजिक सुरक्षा कार्यक्रममा वृद्धि हुँदै गएको, युवाको सीप सिकेर रोजगारमा जानेको सङ्ख्या वृद्धि हुने र मन्त्रालयको सेवा प्रवाहमा सुशासन तथा सुधारको क्रम वृद्धि हुँदै जाने विश्वास पनि व्यक्त गरे।
       
सभाको आगामी बैठकमा बाँकी रहेका मन्त्रालयगत विभिन्न शीर्षकमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ । सभाको अर्को बैठक यही असार १३ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगरको रानी क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

विराटनगर। विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच विवाद भएपछि तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर...

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्...

गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति कांग्रेसको आपत्ति

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका न...

गण्डकी प्रदेशसभा अधिवेशन ७ गतेदेखि आव्हान

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन...

साउदीलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो...

सुहाङलाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम-२ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको का...

इलाम २ र बझाङ प्रदेश १ को उपनिर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकेको छ ।  निर्...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौँ । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी...

सल्यान दुर्घटना अपडेटः गम्भीर घाइते चार जनालाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय थारमारे...

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक व...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies