काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको जनमतलाई समाजवादको विकासमा उपयोग गरिने बताएका छन्। समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाद्वारा पार्टीकातर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा नेता खनालले समाजवादी अर्थव्यवस्थाले मुलुकमा सामाजिक न्याय, समानता कायम गरी जनताको आर्थिकस्तर वृद्धिका साथै सामाजिक रुपान्तरण गर्न सकिने हुँदा जनप्रतिनिधिले असल भावना र जनसेवाको नमूना काम गरेर अघि बढ्न निर्देशन दिए।
पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको बताउँदै गठबन्धनमा सिट बाँडफाँट न्यायोचित हुन नसक्दा पार्टीको मत संरक्षण गर्न नसकेको बताए। कम मत आउनुको पछाडि केही आफ्ना कमजोरी भए पनि गठबन्धन दलकै अपमानले बढी काम गरेको भन्दै उनले अब हामीले देशव्यापी सङ्गठन निर्माण गरेर आगामी चुनावमा राम्रो सफलता कायम गर्ने विश्वास व्यक्त गरे ।
नेता खनालले निर्वाचन प्रणालीलाई परिवर्तन गरी निर्वाचनलाई कसरी सस्तो बनाउने भन्नेबारेमा समेत छलफल भइरहेको भन्दै ऐन नियम र संविधानलाई राम्रोसँग अध्ययन गरेर परिपक्व जनप्रतिनिधिका रुपमा काम गर्न निर्वाचित जनप्रतिनिधिलाई सुझाए। उनले जनसरोकारका सवाल उठान गर्दै जनतासँग सुमधुर सम्बन्ध स्थापित गर्नेतर्फ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: