काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्यभार तोकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराए ।
तीन मन्त्री फरकफरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गर्नुभएकाले उनीहरुको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेको हो । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनले सम्हाल्दै आउनुभएको मन्त्रालयको कार्यभार शिक्षामन्त्री पौडेललाई तोकिएको हो । त्यस्तै प्रधानमन्त्रीले यूवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज रसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएकाले उनले सम्हाल्दै आएको जिम्मेवारी पनि मन्त्री पौडेललाई तोकेका छन् ।
त्यस्तै प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू स्वीट्जरल्याडको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्घको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएकाले उनले सम्हाल्दै आनुभएको मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री नारायण खड्कालाई तोकेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: