Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नेप्से परिसूचक ६० अङ्कले बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्सेले आज भने राहतको श्वास फेरेको छ । धितोपत्र बजारमा समस्या समाधानका लागि समिति गठन गर्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मा र सम्बद्ध अधिकारीबीच भएको छलफलले पनि सकारात्मक वातावरण बनाएको जानकारहरूको टिप्पणी छ ।

ओरालो लागेको नेप्से परिसूचक थामिँदा कारोबार रकममा पनि सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ६०.२२ अङ्कले नेप्से परिसूचक उकालो लागेर दुई हजार ८०.४४ अङ्कमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूूचक ११.२५ अङ्कले उकालो लागेर ४००.३७ मा पुगेको छ ।

कूल २३१ कम्पनीको ५० लाख ५८ हजार ८१४ कित्ता शेयर रु एक अर्ब ६४ करोड तीन लाख ५६ हजार ६०८ बराबरको कारोबार भयो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६३ अर्ब ५७ करोड ९० लाख ७० हजार बराबर भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २९.३५, व्यापार ५८.२६, होटल तथा पर्यटन ९२.७४, विकास बैंक ११६.३९, जलविद्युत् ८.४.६, वित्त ७४.९७, निर्जीवन बीमा ३२०.३, उत्पादन १५४.७४, अन्य ५७.७९, लघुवित्त १५४८, जीवन बीमा २९३।१३, सामूहिक लगानी कोष ०.१७ र लगानी १.९१ अङ्कले उकालो लागेका छन् ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड १२ लाख ४० हजार ३३२ बराबरको कारोबार भयो । कुमारी बैंक रु चार करोड ९९ लाख १५ हजार २४६, हिमालयन डिस्टिलरी रु चार करोड ९४ लाख ३५ हजार ८८२, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड ७४ लाख १० हजार ७३० र अपी पावर कम्पनीको रु चार करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उपकार लघुवित्त, सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, कालिका लघुवित्त ९.९५ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.४४ प्रतिशतले कमाए । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, ४.११, आरबिबी म्युचुअल फन्ड एक २.८६, नबिल ब्यालेन्स फन्ड दोस्रो २.८२, एनआइबिएल प्रगति फन्ड १.९० र हिमालयन बैंकका लगानीकर्ताले ०.९६ प्रतिशतले गुमाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

नेता हादीको निधनपछि ढाकामा तनाव बढ्दो

ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...

रवि लामिछाने काठमाडौँबाट भरतपुर उडे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा, समानुपातिक उम्मेदवार बन्ने तयारी

काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...

सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक भत्ता प्रदान गर्ने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...

मौसम नखुलेपछि रवि लामिछाने भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending