काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्सेले आज भने राहतको श्वास फेरेको छ । धितोपत्र बजारमा समस्या समाधानका लागि समिति गठन गर्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मा र सम्बद्ध अधिकारीबीच भएको छलफलले पनि सकारात्मक वातावरण बनाएको जानकारहरूको टिप्पणी छ ।
ओरालो लागेको नेप्से परिसूचक थामिँदा कारोबार रकममा पनि सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ६०.२२ अङ्कले नेप्से परिसूचक उकालो लागेर दुई हजार ८०.४४ अङ्कमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूूचक ११.२५ अङ्कले उकालो लागेर ४००.३७ मा पुगेको छ ।
कूल २३१ कम्पनीको ५० लाख ५८ हजार ८१४ कित्ता शेयर रु एक अर्ब ६४ करोड तीन लाख ५६ हजार ६०८ बराबरको कारोबार भयो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६३ अर्ब ५७ करोड ९० लाख ७० हजार बराबर भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २९.३५, व्यापार ५८.२६, होटल तथा पर्यटन ९२.७४, विकास बैंक ११६.३९, जलविद्युत् ८.४.६, वित्त ७४.९७, निर्जीवन बीमा ३२०.३, उत्पादन १५४.७४, अन्य ५७.७९, लघुवित्त १५४८, जीवन बीमा २९३।१३, सामूहिक लगानी कोष ०.१७ र लगानी १.९१ अङ्कले उकालो लागेका छन् ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड १२ लाख ४० हजार ३३२ बराबरको कारोबार भयो । कुमारी बैंक रु चार करोड ९९ लाख १५ हजार २४६, हिमालयन डिस्टिलरी रु चार करोड ९४ लाख ३५ हजार ८८२, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड ७४ लाख १० हजार ७३० र अपी पावर कम्पनीको रु चार करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार उपकार लघुवित्त, सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, कालिका लघुवित्त ९.९५ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.४४ प्रतिशतले कमाए । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, ४.११, आरबिबी म्युचुअल फन्ड एक २.८६, नबिल ब्यालेन्स फन्ड दोस्रो २.८२, एनआइबिएल प्रगति फन्ड १.९० र हिमालयन बैंकका लगानीकर्ताले ०.९६ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १३:२०
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...
श्रावण १८ गते, २०८३ - १३:०४
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ...
श्रावण १८ गते, २०८३ - १२:५१
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावि...
श्रावण १८ गते, २०८३ - १२:३५
सल्यान। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँमा परेको असरबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेक...
श्रावण १८ गते, २०८३ - १२:०५
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको ...
श्रावण १८ गते, २०८३ - ११:५४
विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र का...
श्रावण १८ गते, २०८३ - ११:३७
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...
श्रावण १८ गते, २०८३ - ११:२४
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...
श्रावण १८ गते, २०८३ - ११:०६
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष ...
श्रावण १८ गते, २०८३ - १०:२६
फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...



प्रतिकृया लेख्नुहोस्: