Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

नेप्से परिसूचकको पहिरो रोकिएन

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको कारोबार मापक परिसूचक मङ्गलबार ४५.५९ अङ्कले ओरालो लागेर दुई हजार २०.२३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोकार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२४ अङ्कले ओरालो लागेर ३८९.१२ मा ओर्लेको छ ।
 
कूल २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर रु एक अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण समेत न्यून भई रु २८ खर्ब ७७ अर्ब असी करोड करोड ३२ लाख ५० हजार बराबर भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ६ करोड ११ लाख ८८ हजार ६८३ बराबरको कारोबार भयो । यस्तै, कुमारी बैंक रु पाँच करोड ८८ लाख २४ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड ७५ लाख २० हजार २२४, शिवम् सिमेन्ट रु तीन करोड २० लाख ७७ हजार र नबिल बैंक रु दुई करोड ९० लाख ४६ हजार ५९७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् । 

नेप्सेका अनुसार ओरालो लागेको बजारमा उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९८, माउण्टेन हाइड्रो नेपाल ३.८२, नारायणी डेभलपमेन्ट बैंक ३।७२ र आरबीबी म्युचुअल फण्ड एकका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन् । त्यस्तै, हिमालयन बैंक ९.९७, सपोर्ट माइक्रोफाइनान्स ५.९९, समता घरेलु लघुवित्त ५.६३, जनउत्थान सामुदायिक लघुवित्त ५.५१ र एनएमबी– ५० का लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाए । 

उता शेयर बजारको सुधारको माग राख्दै केही समूहले आज नेपाल स्टक एक्सचेञ्जको कार्यालय परिसर भद्रकाली प्लाजामा प्रदर्शन गर्न खोजेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देवानगञ्ज र हरिनगर बाहेकका क्षेत्रमा निषेधाज्ञा हट्यो

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...

सुनकोशीमा कार खस्यो, उद्धार टोली घटनास्थलतर्फ

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ...

मन्त्री मेहताद्वारा आगजनी र तोडफोड प्रभावित क्षेत्रको निरीक्षण

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावि...

सल्यान–सुर्खेतको खडेरीबारे अध्ययन गर्न कार्यदल गठन

सल्यान। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँमा परेको असरबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेक...

राजविराज र बोदेबर्साइनमा निषेधाज्ञा हटाइयो, सद्भाव कायम राख्न प्रशासनको आग्रह

सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको ...

प्रकाश मुन्दडाको घर र कार्यालयमा पाँच घण्टा खानतलासी गरेर रित्ते हात फर्कियो प्रहरी

विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र का...

मलेसिया रोजगारीमा सिन्डिकेटको आरोप असत्य, श्रममन्त्रालयद्वारा खण्डन

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...

शिक्षा समितिको बैठक फेरि स्थगित, विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल रोकियो

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...

आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई थोपर्ने खेल भइरहेको छ: शङ्कर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष ...

पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending