काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको कारोबार मापक परिसूचक मङ्गलबार ४५.५९ अङ्कले ओरालो लागेर दुई हजार २०.२३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोकार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२४ अङ्कले ओरालो लागेर ३८९.१२ मा ओर्लेको छ ।
कूल २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर रु एक अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण समेत न्यून भई रु २८ खर्ब ७७ अर्ब असी करोड करोड ३२ लाख ५० हजार बराबर भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ६ करोड ११ लाख ८८ हजार ६८३ बराबरको कारोबार भयो । यस्तै, कुमारी बैंक रु पाँच करोड ८८ लाख २४ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड ७५ लाख २० हजार २२४, शिवम् सिमेन्ट रु तीन करोड २० लाख ७७ हजार र नबिल बैंक रु दुई करोड ९० लाख ४६ हजार ५९७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
नेप्सेका अनुसार ओरालो लागेको बजारमा उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९८, माउण्टेन हाइड्रो नेपाल ३.८२, नारायणी डेभलपमेन्ट बैंक ३।७२ र आरबीबी म्युचुअल फण्ड एकका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन् । त्यस्तै, हिमालयन बैंक ९.९७, सपोर्ट माइक्रोफाइनान्स ५.९९, समता घरेलु लघुवित्त ५.६३, जनउत्थान सामुदायिक लघुवित्त ५.५१ र एनएमबी– ५० का लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाए ।
उता शेयर बजारको सुधारको माग राख्दै केही समूहले आज नेपाल स्टक एक्सचेञ्जको कार्यालय परिसर भद्रकाली प्लाजामा प्रदर्शन गर्न खोजेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: