Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भक्तपुरलाई दुई अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन

खबरडबली संवाददाता
भक्तपुर । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल रु दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । 
 
सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ६६ करोड ७२ लाख पाउने भएको हो । 
 
भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी रु ६६ करोड ७२ लाख बजेट पाएको हो । जसमा चालूतर्फ रु ४९ करोड ७९ लाख र पूँजीगत रु १६ करोड ९३ लाख पाएको हो ।
 
जिल्लाको पुरानो नगरकारुपमा रहेको भक्तपुर नगरले समानीकरणतर्फ रु २३ करोड ६९ लाख, सशर्ततर्फ रु ३६ करोड ५० लाख, विशेष अनुदान रु तीन करोड र रु समपूरकतर्फ ५० लाख बजेट प्राप्त गरेको छ । यस नपाले चालूतर्फ रु ५९ करोड ३४ लाख र पूँजीगततर्फ रु चार करोड ३५ लाख बजेट पाएको हो ।
 
त्यस्तै सूर्यविनायक नगरले समानीकरणतर्फ रु २२ करोड ७७ लाख र ससर्ततर्फ रु ४० करोड आठ लाख पाएको छ । जसमा चालूतर्फ रु ४८ करोड ७५ लाख र पूँजीगततर्फ रु १४ करोड १० लाख अन्तरसरकारी बजेट पाएको हो । यस नपाले कूल रु ६२ करोड ८५ लाख बजेट पाएको छ । 
 
त्यस्तै मध्यपुरथिमि नगरले भने यस पटक जिल्लामा चार नपामध्ये सबैभन्दा कम सङ्घीय सरकारको बजेट पाउने छ । यस नगरले अन्तरसरकारी हस्तान्तरणमार्फत रु ५० करोड तीन लाख मात्रै बजेट पाएको हो । मध्यपुरथिमि नपाले समानीकरणतर्फ रु २४ करोड १९ लाख, ससर्ततर्फ रु २५ करोड १४ लाख र समपूरकमा रु ७० लाख बजेट पाएको छ । जसमा चालूतर्फ रु ४६ करोड १९ लाख र पूँजीगततर्फ रु तीन करोड ८४ लाख रुपैयाँ रहेको छ ।
 
सङ्घीय सरकारले भक्तपुर र चाँगुनारायण नगरलाई विशेष अनुदान दिए पनि सूर्यविनायक र मध्यपुरथिमि नगरले भने विशेष अनुदान पाउन सकेनन् । भक्तपुर नपाले तीन करोड र चाँगुनारायण नपाले दुई करोड विशेष अनुदान पाएका छन् । 
 
सूर्यविनायक नगरले यस वर्ष समपूरक बजेटसमेत पाएन । जिल्लाका भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायण नपाले समपूरक बजेट पाएका छन् । जसमा चाँगुनारायण नपाले सबैभन्दा बढी रु चार करोड समपूरक बजेट पाएको छ भने मध्यपुरथिमि नपाले ७० लाख र भक्तपुरले ५० लाख रुपैयाँ समपूरक बजेट पाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending