Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

विश्वभर मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ । 

सीडीसी–को एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग योन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन् तर कुनै पनि सङ्क्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन ।

सीडीसीको ‘डिभिजन अफ हाई कन्सिक्वएन्स प्याथोजेन एण्ड प्याथोलोजी’का उप निर्देशक जेनिफर म्याकक्विस्टनले सञ्चारकर्मीसँग भने, “संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन् जसबारे हामीलाई पूर्ण जानकारी छ ।”

संयुक्त राज्य अमेरिकामा यात्रासम्बन्धी वा तिनीहरू कसरी संक्रमित बने भन्ने जानकारी नभएको एउटा पनि घटना नभएको उनले बताए। 

मङ्कीपक्स एक दुर्लभ रोग हो । यो बिफरसँग सम्बन्धित तर बिफरभन्दा कम गम्भीर रोग हो । यसले गर्दा अन्य लक्षणका साथै फैलने, ज्वरो आउने, चिलाउने र दुख्ने जस्ता लक्षण देखा पर्छन् ।

साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग (सङ्क्रमण) मे देखि यूरोपमा पनि भेटिएको थियो । त्यसबेलादेखि प्रभावित देशहरूको संख्या बढेको छ ।

क्यानाडाले शुक्रबार पनि नयाँ तथ्याङ्क जारी गर्दै कूल ७७ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ । तीमध्ये प्राय सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन् ।

यसको नयाँ फैलावट युरोपमा विशेष समलैंगिक पर्वहरूसँग सम्बन्धित हुन सक्ने भए तापनि मङ्कीपक्सलाई यौनजन्य रोग मानिएको छैन । यसको मुख्य जोखिम भनेको मङ्कीपक्स भएको व्यक्तिसँग छालादेखि छालाको नजिकको सम्पर्क हुनु हो । सबै घाउहरू सुकेर नयाँ छाला नबनेसम्म एक मानिसबाट अर्कोमा संक्रमण हुने सम्भावना रहन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाउने भनी झण्डै दुई करोड ठगी गर्ने पक्राउ

काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending