Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

बर्डफ्लुका कारण प्रभावित किसानको राहत अन्योलमा

खबरडबली संवाददाता
चितवन । गत माघदेखि देखापरेको बर्डफ्लुका कारण प्रभावित बनेका कृषकले राहत पाउने विषय अन्योलमा रहेको छ । 
 
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका अनुसार बर्डफ्लुबाट क्षति व्यहोरेका  जिल्लाका कृर्षकले रु २६ करोड राहत पाउनुपर्ने हुन्छ । जिल्लामा चार महिनामा देखिएको बर्डफ्लुका कारण तीन लाख ५८ हजार ४११ वटा लेयर्स कुखुरा नष्ट गरिएको थियो । ब्रोइलर ६४६ वटा, कडकनाथ ८९६ वटा, हाँस ३५ वटा, बट्टाई आठ वटा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा नष्ट गरिएको कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेले जानकारी दिए। 
 
उनका अनुसार ३४ स्थानमा बर्डफ्लु देखिएको थियो । बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको विवरण सङ्कलनको काम भइरहेको भए पनि क्षतिपूर्तिका लागि कार्यविधि नबन्दा राहत पाउने÷नपाउने भन्ने विषय अन्योलमा रहेको उनले बताए । 
 
राहतका लागि बजेट नहुनु र बर्डफ्लु नियन्त्रण नियमावली २०७८ जारी भए पनि प्रष्टसँग कति राहत दिने भन्ने उल्लेख नहुनुले कृषक समस्यामा परेको उनको भनाइ छ ।  
 
सङ्क्रमण रोगमा बिमा आकर्षण नहुँदासमेत कृषकले ठूलो क्षति व्यहोर्नु परेको उनले बताए । सरकारले राहतका लागि कुनै परिपत्र नगरेको उनले जानकारी दिए। उनले भने, “राहत दिनुपर्ने हो । तर स्पष्ट निर्देशन आएको छैन । हामीले सबै तयारी गरेका छौं ।” प्रदेश सरकार वा सङ्घीय सरकार कसले पीडित किसानलाई राहत दिने हो त्यो पनि अन्योलमा नै रहेको उनले बताए।
 
जिल्लामा पहिलो पटक विसं २०७८ माघ २८ गते पूर्वी चितवनको राप्तीस्थित अनिता पशुपक्षी तथा कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । पछिल्लो पटक वैशाख २४ गते भरतपुर १६ को बुद्धिमाया गुरुङको फार्ममा बर्डफ्लु देखिएको थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजविराज र बोदेबर्साइनमा निषेधाज्ञा हटाइयो, सद्भाव कायम राख्न प्रशासनको आग्रह

सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको ...

प्रकाश मुन्दडाको घर र कार्यालयमा पाँच घण्टा खानतलासी गरेर रित्ते हात फर्कियो प्रहरी

विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र का...

मलेसिया रोजगारीमा सिन्डिकेटको आरोप असत्य, श्रममन्त्रालयद्वारा खण्डन

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...

शिक्षा समितिको बैठक फेरि स्थगित, विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल रोकियो

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...

आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई थोपर्ने खेल भइरहेको छ: शङ्कर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष ...

पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...

नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह, कोशीदेखि महाकालीसम्मका नदीमा बहाव बढ्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभा...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

लोकतान्त्रिक मूल्य र सामाजिक सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...

रास्वपाका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन् : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending