Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बजेट शेयर बजारमैत्री, नेप्से परिसूचक १११ अङ्कले ओरालो

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्वका साथ समावेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले यही जठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक  वर्ष २०७९/ ८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हकहित संरक्षण गर्ने विषय समावेश छ ।

बजेटले शेयर बजारको विकास र विस्तारमा जोड दिएको भए पनि कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागिरहेको छ । 

यस साता शेयर कारोबार भएका चार दिनमा लगातार बजार ओरालो लागेको छ । आइतबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन ।

सोमबारदेखि बिहीबारसम्म आइपुग्दा चार कारोबार दिनमा नेप्से परिसूचक १११ अङ्कले ओरालो लागेको छ ।  बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थात् जेठ १६ गते सोमबार शेयर बजार ५० अङ्कभन्दा बढीले ओरालो लाग्यो ।  जेठ १७ गते मङ्गलबार ३५.५२ अङ्कले घट्यो । त्यस्तै १८ गते बुधबार ७।१९ अङ्कले ओरालो लाग्यो  । आजसम्म आइपुग्दा नेप्से परिसूचक १८।२६ अङ्कले ओरालो लागेको छ ।

बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था मिलाइएको छ ।

वस्तु विनिमय बजार र यसका पूर्वाधार सञ्चालनमा ल्याउने तथा संस्थागत तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गर्ने कार्यक्रम बजेटमा समावेश छ ।
 
त्यस्तै उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई सञ्चालन अनुमति दिइ सहजीकरण गर्ने कार्यक्रम बजेटमा उल्लेख छ ।

रु एक अर्ब वा सोभन्दा बढीको पुँजी वा रु पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्थालाई बजेटले विशेष प्राथमिकता दिएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बिमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने, निक्षेप बिमाको विद्यमान सीमा रु तीन लाखबाट वृद्धि गरी रु पाँच लाख पु¥याइएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.२६ अङ्कले ओरालो लागेर दुई हजार ११२.४७ अङ्कमा ओर्लेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८१ अङ्कले ओरालो लागेर ४१०.६६ मा ओर्लिएको छ । कूल २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर रु एक अर्ब १६ करोड १५ लाख १४ हजार १६९ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहको शेयर ०.०२ अङ्कले उकालो लागेको छ । त्यस्तै बैंकिङ ११।१२, व्यापार ४६.७२, होटल तथा पर्यटन १३.४१, विकास बैंक १९.१९, जलविद्युत् १३.६२, वित्त ५.६२, निर्जीवन बिमा १३८.१६, उत्पादन ४१।३६, अन्य २४.४३, लघुवित्त २९.४२, जीवन बिमा १४६.६२ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा माउण्टेन हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड १२ लाख ५८ हजार ६९३ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु छ करोड ५४ लाख ६० हजार ८८९, नवील बैंक रु तीन करोड १८ लाख ५७ हजार २७२, हिमालयन डिस्टिलरी रु तीन करोड आठ लाख ६१ हजार ४८९ र शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ८८ लाख ५० हजार ५६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९७, माउण्टेन हाइड्रोपावर ४.२०, उपकार लघुवित्त ४.०४, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०१ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.३६ प्रतिशतले कमाए ।

त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स ६.४७, उन्नती सहकार्य लघुवित्त ४.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.२३, प्रिमियर इन्स्योरेन्स ४.१८ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०६ प्रतिशतले ओरालो लागेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending